जीवनराम श्रेष्ठको ओलम्पिक कमिटीलाई मान्यता दिन अदालतद्वारा अस्वीकार

१९ पुष २०७४, बुधबार ०३:०० मा प्रकाशित

काठमाडौँ, १८ पुस । सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीलाई राष्ट्रिय मान्यता दिन अस्वीकार गरेको छ ।

न्यायाधीश दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज जीवनराम श्रेष्ठले नेतृत्व गरेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त कमिटीलाई राष्ट्रिय मान्यता दिन अस्वीकार गरेको हो ।

अन्तर्राष्ट्रियस्तरमा आफूले मान्यताप्राप्त गरेको हुनाले आफ्नो कमिटीले नेपालमा पनि मान्यता पाउनुपर्ने माग गर्दै अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो । सो मुद्दाको सुनुवाइपछि अदालतले मान्य दिन अस्वीकार गर्दै सो मुद्दा नै खारेज गरेको छ ।

अदालतले यसअघि नै रुक्मशम्शेर राणाले नेतृत्व गरेको ओलम्पिक कमिटीलाई राष्ट्रिय मान्यता दिने फैसला सुनाएको थियो । त्यसका विरुद्धमा श्रेष्ठ अदालतमा जानुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

पेरिस । यस वर्षको महिला च्याम्पियन्स लिग फुटबल प्रतियागिताको उपाधि बार्सिलोनाले जितेको छ । स्विडेनको गोथेनवर्गमा गएराति भएको फाईनल खेलमा

ओसासुनालाई हराउँदै एथ्लेटिको मड्रिड स्पेनिस लिग फुटबल ‘ला– लिगा’ को उपाधि नजिक पुगेको छ । गएराति भएको खेलमा एथ्लेटिकोले ओसासुनालाई

लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । २१ हजार दर्गशकको उपस्थितीमा लण्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं