राष्ट्रियसभा निर्वाचन माघ २५ गते

१९ पुष २०७४, बुधबार ०२:५८ मा प्रकाशित

काठमाडौँ, १८ पुस । सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ २५ गते तोक्ने तयारी गरेको जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवबीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने बारेमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सो भेटमा प्रमुख निर्वाचन आयुक्त यादवले राष्ट्रियसभाको निर्वाचन माघ २५ गते गर्ने गरी मिति घोषणा गर्न उपयुक्त हुने सुझाव दिनुभएको प्रधानमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारीले राससलाई जानकारी दिनुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगकै परामर्शबमोजिम माघ २५ गते निर्वाचन हुने गरी मिति तोकिने जानकारी गराउनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी