गण्डकमा बस खस्दा कम्तिमा ३८ जनाको मृत्यु

३१ असार २०६९, आईतवार १४:३० मा प्रकाशित

गण्डकमा बस खस्दा कम्तिमा ३८ जनाको मृत्यु
काठमाडौ, ३१ असार । नवलपरासीको त्रिबेणी सुस्ता गाबिसको गण्डक नहरमा बस खस्दा ३८ जनाको मृत्यु भएको छ । भारतिय तिर्थयात्रु बोकेर आएको बस नहरमा खस्दा ३८ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा अधिकांश भारतिय तिर्थ यात्रु रहेको प्रहर्ीले जनाएको छ ।  लु १ ख २३५६ नम्बरको १०० जना बढि सवार बस नहरमा पल्टदा अझै दर्जन बढि बेपक्ता भएका छन् । बेपक्ता हरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । बसको छतमा समेत भरिभराउ यात्रुहरु रहेको बताइएको छ ।
त्रिवेणीमा लागेको बोलबम मेलामा सहभागी हुन उनीहरु भारतीय सिमावर्ती  क्षेत्र झुलेनीपुरबाट त्रिवेणीतर्पm आउँदै गरेका थिए ।
आएको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यू भएका मध्ये २५ जना महिला, १२ जना पुरुष र चालकको शब भेटिएको छ । हताहतीको संख्या अझै बढ्ने अनुमान प्रहरीको छ । मदिरा सेवन गरेर सवारी साधन चलाएको नहरमा पौडेर ज्यान जोगाउन सफल चार जनाले जानकारी दिएको प्रहरीले जनाएको छ। चालकको मदिरा सेवन र बढी यात्रु भएका कारण बस नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्