श्रीस्वस्थानीको कथा प्रारम्भ: साँखु शालिनदीमा व्रतालुले गरे जल ग्रहण

१८ पुष २०७४, मंगलवार ०१:५१ मा प्रकाशित

काठमाडौँ, १७ पुस । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म उपत्यकाको उत्तरपूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीको मेलाका व्रतालुले जल ग्रहण गरेका छन् ।

मेलाका २५० व्रतालुले माधवनारायणका मूल पुजारी सुदन राजोपाध्यायसँग आज बेलुकी जल लिएका हुन् । जल लिइसकेपछि व्रतालुले जुत्ता चप्पल छुन नहुने र नुन खान नहुने व्रतविधि रहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठले जानकारी दिनुभयो ।

एक महिनासम्म साँखु शालिनदीमा माघस्नानसहित माधवनारायणको विशेष मेला लाग्दछ । यो मेला भर्न देशभरका भक्तजन माघ महिनामा साँखु आउने गर्छन् । मेलाका लागि सबै तयारी पूरा भएका समितिले जनाएको छ ।

माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गरेको साँखु एवं शालिनदी क्षेत्रको धार्मिक, सांस्कृतिक खोज अनुसन्धानमा लाग्नुभएका इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ले बताउनुभयो ।

यसवर्षको माधवनारायण मेलाका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको समितिले जनाएको छ । यसवर्ष पुस १८ गतेदेखि माघ १७ सम्म २५ लाख दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी तयारी गरिएको उपाध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।

व्रतालु आज बेलुकीदेखि नै साँखुमा बास बस्न आएका छन् । साँखु शालिनदीमा माधवनारायणको व्रत बसी श्रीस्वस्थानीको कथा सुन्ने गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

म्याग्दीको बेनी नगरपालिका–४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना सङ्क्रमणको केन्द्र बनेको छ । तातोपानी कुण्ड स्नानका लागि आएका

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै

कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर