मत परिणाम सार्वजनिक गर्न युवा विद्यार्थीको माग

१८ पुष २०७४, मंगलवार ०१:४३ मा प्रकाशित

काठमाडौँ, १७ पुस । संयुक्त विद्यार्थी तथा युवा संगठनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भइसकेपछि समानुपातिक निर्वाचन प्रणालीतर्फको मत परिणाम सार्वजनिक गरी राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउन माग गर्दै आज निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएको छ ।

अनेरास्ववियू, अनेरास्ववियू(क्रान्तिकारी), वाइसिएल र युवा संघ नेपालका प्रतिनिधिले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवलाई ज्ञापनपत्र बुझाएका हुन् । उक्त पत्रमा वाम गठबन्धनको परिणामबाट आत्तिएर विदेशी योजना र नेपाली काँग्रेसका निर्देशनमा गठबन्धन छुटाउने र नयाँ सरकार गठन गर्न नदिने आरोप लगाउँदै मुलुकलाई अस्थिरतातर्फ धकेल्न नदिनका लागि चाँडो परिणाम सार्वजनिक गर्न माग गरिएको छ ।
पत्र बुझेपछि डा यादवले संवैधानिक र कानुनी जटिलताले केही ढिला भएको स्वीकार्दै दलहरुले ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गराउनुपर्ने व्यवस्थाले गर्दा निर्धारित समयमा काम गर्न नसकिएको बताउनुभयो ।
राष्ट्रियसभामा स्वतन्त्र दल पनि सहभागी हुन पाउने व्यवस्था गरिएको बताउँदै उहाँले दललाई नाम सच्याउन आज पत्राचार गरिने जानकारी दिनुभयो । आयोगले ती सबै कानुनी प्रक्रिया पूरा गरेपछि परिणामको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने जनाएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।