राष्ट्रियसभा निर्वाचनको ढोका खुल्योः प्रमुख आयुक्त

१७ पुष २०७४, सोमबार ०१:३२ मा प्रकाशित

काठमाडौँ, १६ पुस। प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश प्रमाणीकरण भइसकेकाले राष्ट्रियसभाको निर्वाचनको ढोका खुलेको बताउनुभएको छ ।

आज आयोजित साक्षात्कारमा उहाँले प्रदेश प्रमुखको नियुक्ति नभएसम्म प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम गोप्य रहने तथा यसको परिणाम निर्वाचन आयोगले पेश नगर्ने बताउनुभयो ।

समानुपातिक निर्वाचनको परिणाम एक दुई दिनमै अन्तिम रुप दिइने उहाँले जानकारी दिनुभयो । प्रमुख आयुक्त डा यादवले दल, मतदाता तथा सर्वसाधारणको सहयोगमा प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै राष्ट्रियसभाको निर्वाचनका लागि संविधानको धारा २७१ अनुसार दल दर्ताको सूचना प्रकाशित गरिसकेको बताउनुभयो ।

उहाँले संविधान कार्यान्वयन गर्ने क्रममा राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गर्न तथा प्रदेश प्रमुख तोक्न सरकारलाई निर्वाचन आयोगले आग्रह गरिसकेको पनि जानकारी दिनुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ ।

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी