खेताला शिक्षकलाई शिक्षा कार्यालयकै संरक्षण

३१ असार २०६९, आईतवार १३:१७ मा प्रकाशित

लमजुङ, ३१ असार । विगत लामो समयदेखि विद्यालय नगई खेताला शिक्षक राखेर तलब खाने शिक्षक लमजुङमा दिनप्रतिदिन बढ्दै गए पनि जिल्ला शिक्षा कार्यालयले भने त्यस्ता शिक्षकलाई संरक्षण गर्दै आएको शिक्षा कार्यालय स्रोतले जनाएको छ ।
स्रोतका अनुसार बालकल्याण उमावि भकुण्डेका शिक्षक हरि दनाईले लामो समयदेखि विद्यालयमा नपढाई खेताला शिक्षक राखेर तलब खांदै आएका छन् । शिक्षक दनाईले लामो समयदेखि विद्यालयमा नपढाई तलब खाएको जिल्ला शिक्षा कार्यालयले पनि स्वीकार गरेको छ । विद्यालयमा पढाउन जांदा मदिरा सेवन गरेर अध्यापन गर्न जाने शिक्षक लमजुङमा धेरै रहेको समेत शिक्षा कार्यालयले जनाएको छ ।
चण्डिस्थानस्थित गंगा मिलन माध्यमिक विद्यालयमा ०६३ सालदेखि अध्यापन गराउंदै आएका अङ्ग्रेजी विषयका शिक्षक दीनानाथ बसौलाले विद्यालय नै नगई लामो समयदेखि तलब खांदासमेत न त विद्यालय व्यवस्थापन समितिले कारबाही गर्न सकेको छ न त जिल्ला शिक्षा कार्यालयले नै । राजनीतिक शक्तिको आडमा विद्यार्थीको भविष्यमाथि खेलवाड गर्र्दै बसौलाले महिनामा हप्ता दिन पनि विद्यालयमा नपढाउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर रिमालले बताए । बसौलाले ०६३ सालदेखि हालसम्म करिब ३ वर्ष विद्यालयमा नै हाजिर नगरी तलब खाएको विद्यालय स्रोतले जनाएको छ । सो विद्यालयबाट यस वर्षको एसएलसी परीक्षामा ३९ जनाले परीक्षा दिएकोमा २४ जनाभन्दा बढी विद्यार्र्थी अङ्ग्रेजी विषय लागेर परीक्षामा अनुत्तीर्ण भएको अध्यक्ष रिमालले बताए । आफूले शिक्षक बसौलालाई कारबाही गरी अन्यत्र सरुवा गर्न भन्दा जिल्ला शिक्षा कार्यालयले नसुनी उल्टै संरक्षण गरेको रिमालको भनाइ छ । शिक्षक बसौलाले बेतलबी बिदा बस्ने कुरा आएको भए पनि निवेदन नआएको विद्यालयले जनाएको छ । त्यसैगरी जिल्ला शिक्षा कार्यालयले पनि बसौलाको बिदा स्वीकृत नगरेको जनाएको छ । शिक्षक हरि दनाई र शिक्षक बसौलाको विषयमा आफूहरूलाई रिपोर्ट आएको र कारबाही प्रक्रिया अगाडि बढेको जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।
इलमपोखरी, तांजे, गाउंसहर, भार्तेलगायतका अधिकांश विद्यालयका शिक्षकले खेताला शिक्षक राखी घरमै बसी तलब–भत्ता खांदै आएका छन् । यसरी जिल्लाका विभिन्न गाविसमा सञ्चालित सरकारी विद्यालयमा अध्यापन गराउने अधिकांश शिक्षक आफ्नो सट्टामा खेताला शिक्षक राखेर तलबभत्ता खांदै आएका छन् । तर, यसप्रति जिल्ला शिक्षा कार्यालय मौन बसेको छ । अब खेताला लगाएर तलब आफूले बुझ्दै आएका शिक्षकहरुलाई शिक्षा कार्यालयले नै संरक्षण दिइरहेको छ भन्न मिल्दैन र ?

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ

काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी