विवादपछि रानीपोखरी पुनःनिर्माणको काम अघि बढ्न सकेन

१३ पुष २०७४, बिहीबार ००:१९ मा प्रकाशित

काठमाडौँ, १२ पुस । आपसी विवादपछि काठमाडौँ महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणको काम मंगलबारदेखि अघि बढाउन सकेको छैन ।

विवादको विषयमा थप छलफल भइ सहमति भएपछि मात्र काम अघि बढाइने निर्माणका लागि जिम्मा पाएको ठेकेदार कम्पनी वल्र्डवाइड कँडेल केएन केजीजेभीका निर्देशक अर्जुन कँडेलले जानकारी गराउनुभयो ।

गत मंगलबार पुरातात्विक महत्व कायम गर्दै निर्माण कार्य कसरी बढाउने भन्ने सम्बन्धमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी पक्षबीच विवाद उत्पन्न भएपछि काम अघि बढ्न नसकेको हो ।

विवादपछि रोकिएको पुनःनिर्माणको काम सञ्चालन गर्ने क्रममा विवादको विषयलाई चुलिन नदिन पुरातत्व र प्राधिकरणसँग बसेर छलफल गरी अघि बढ्ने प्रमुख शाक्यको भनाइ छ ।
प्रमुख शाक्यले पुनःनिर्माणको काम निरन्तर गराउन ठेकेदारलाई निर्र्देशन दिइरहँदा उता उपप्रमुख खड्गीले नियमविपरीत निर्माण भएको भन्ने कुरा उठान गरिरहनुभएको थियो ।

सम्झौताअनुसार गत कात्तिक मसान्तसम्ममा पहिलो चरणको बाहिरी पर्खाल लगाउने काम सम्पन्न गरिसक्नुपर्ने भए पनि यस्तै विवादका कारण उक्त कामसमेत पूरा हुन सकेको छ्रैन ।

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको विसं २०७२ माघ २ मा राष्ट्रपतिबाट शिलान्यास भइ पुनःनिर्माण अभियान प्रारम्भ भएको थियो । विसं १७२७ मा दुई वर्ष लगाएर बनाइएको सो पोखरी प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन खोलिएको इतिहासमा उल्लेख छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव