अविरल वर्षाका कारण सर्लाहीको कर्मैयामा ९० घर डुवानमा, लाखौको क्षति

३१ असार २०६९, आईतवार ११:४६ मा प्रकाशित

सर्लाही, ३१ असार । गएरातिदेखि परेको अविरल वर्षाले सर्लाहीका विभिन्न स्थानमा क्षति गर्न सुरु गरेको छ । सर्लाहीको कर्मैयामा वोडारी, डुमाजोर, नाइके, मुडपेला खोला बस्तीमा पसेको छ । खोला बस्तीमा पसेपछि कर्मैया–९ का ९० घरधुरी डुवानमा परेको स्थानीय बासिन्दाले जनाएका छन् । बाढी घरघरमा पसेर घर डुवानमा पार्नुको साथै घरमा रहेको सरसमान पनि बगाएको भुमि अधिकार मञ्च सर्लाहीका अध्यक्ष जीतबहादुर गोलेले बताउनुभयो । खोलामा पानी अझै भने ३ सय घरधुरीमा प्रत्यक्ष क्षति पुग्ने भएको छ । बाढी घर घरमा पसेपछि स्थानीयबासिन्दा त्रसित भएका छन् । खेतबारी जलमग्न भएको छ । अहिले उनीहरु सुरक्षित स्थानमा भेला भएर बसिरहेका छन् । कर्मैयाको खोला नियन्त्रण समितिले खोला नियन्त्रणका लागि कुनै चासो नदेखाएकोले समस्या उत्पन्न भएको स्थानियबासिन्दाले आरोप लगाएका छन् । त्यस्तै भारी वर्षासंगै आएको बाढीले नारायणखोलामा एक वर्ष अघि निर्माण गरीएको एउटा इनार र कल बगाएपछि खानेपानीको समस्या हुने भएको छ । परिवर्तन नेपालको आर्थिक सहयोगमा गत जेठ महिनामा नारायणखोला–८ सत्रकठ्ठामा ४० हजारको लागतमा निर्माण गरीएको इनार तथा कल गयराती डाइनी खोलामा आएको बाढीले बगाए पछि स्थानीयमा खानेपानीको समस्या देखिने भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भए पनि जोखिम भने कायमै रहेको छ । चितवनमा सक्रिय कोरोना संक्रमितको

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् ।

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको