इपिएल क्रिकेट–ललितपुरद्वारा पोखरा पराजित

१२ पुष २०७४, बुधबार ०१:१७ मा प्रकाशित

काठमाडौँ, ११ पुस । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा ललितपुर प्याट्रियट्सले पोखरा राइनोजलाई ६ विकेटले पराजित गर्दै जीत हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३२ रनको योगफल बनायो । १३३ रनको विजय लक्ष्य पच्छाएको ललितपुरले पूरै २० ओभर खेल्दै ४ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । ललितपुरको यो दोस्रो जीत हो ।

यसअघि ललितपुरले काठमाडौँलाई पराजित गरेको थियो । जीतसँँगै ललितपुर प्ले अफमा पुगेको छ भने खेलमा हार ब्यहोरेको पोखराले पनि यसअघि नै प्ले अफमा पुगिसकेको छ ।

ललितपुरको जितमा जयकिसन कोल्सावाला सर्वाधिक ५६ रनको योगदान दिए । त्यसैगरी शंकर रानाले ३५, कप्तान ज्ञानेन्द्र मल्लले २७ तथा दीपेश भण्डारीले ८ रन जोडे । पोखराका इसरार उल्लाहले २ विकेट लिए भने शक्ति गौचन र सुसन भारीले समान एक–एक विकेट लिए ।

यता पोखराका लागि भने सुनिल धमलाले सर्वाधिक ७० रनको योगदान दिए । ६२ बल खेलेका उनले ५ छक्का र २ चौकाको मद्दतमा अविजित ७० रन जोडेका हुन् । त्यसैगरी राजेश पुलामी मगरले ३२ तथा विनोद भण्डारी १२ रन जोड्दै बाहिरिए ।

लतिपुरका दीपेश भण्डारी, ललितनारायण राजवंशी, रसिद खान र सन्दीप लामिछानेले समान १÷१ विकेट लिए । खेलको ‘म्यान अफ दी म्याच’ भने ललितपुरका जयकिसन कोल्सावाला घोषित भए ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो

म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम

रोम । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान

इटालियन सिरिएको मिलान डर्बीमा इन्टरमिलानले एसीमिलानमाथि सानदार जीत निकालेको छ । गएराती सम्पन्न शीर्ष दुई टोलीबीच भएको रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा