संविधान संशोधन नभए पुनः सडक आन्दोलनः नेता महतो

९ पुष २०७४, आईतवार ००:४८ मा प्रकाशित

राजविराज, ८ पुस । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

मधेशी एशोसिएशन इन अमेरिका (मा) नामक संस्थाले आज राजविराजमा आयोजना गरेको शहीद परिवारलाई सम्मान तथा नवनिर्वाचितलाई शुभकामना र बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मधेश गठबन्धनले निर्वाचनमा मधेशी जनताको जनादेश पाएअनुसार संविधान संशोधनलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

मधेशी जनताको जनादेशले छ मधेशवादी दललाई एकै छातामुनि ल्याएको भन्दै महतोले निर्वाचनको परिणाम कुनै दलको नभएर मधेशी जनताको भएको जिकिरसमेत गर्नुभयो ।

मधेशी जनताले दिएको जनाधिकारको तीन ठूला दलले समेत स्वीकार गरी संविधान संशोधन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । सो अवसरमा मलेठ घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामाको कुरा तत्काललाई टरेको बताएका छन्। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ ।