सुकुम्बासीलाई आज सुन्दरीघाट सारिने

३१ असार २०६९, आईतवार ११:०७ मा प्रकाशित

काठमाडौ, ३१ असार । राजधानीको थापाथलीस्थित बाग्मती नदी किनारबाट हटाइएका सुकुम्बासीलाई आज सुन्दरीघाटमा सारिने भएको छ । वृद्ध, असहाय, सुत्केरी लगायतलाई पहिलो चरणमा सुन्दरीघाट सार्ने तयारी भइरहेको छ । पहिलो प्राथमिकतामा परेका ११ परिवारलाई सार्ने तयारी भएको स्रोतले बताएको छ । सुकुम्वासीलाई अस्थायी स्थानान्तरणका लागि ललितपुरको सुन्दरीघाटमा टहरा तयार भएका छन् । सुन्दरीघाटका स्थानीय बासिन्दाको विरोधका बाबजुद पनि सरकारले बाक्लो मात्रामा सुरक्षाकर्मी खटाएर २३ टहरा तयार पारेको हो ।  सुन्दरीघाटमा सर्न मान्नेहरुलाई आधार मानेर थप टहरा बनाइने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो

बागलुङ । “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी