दक्षिणी वायुको सकारात्मक प्रभाव, ओलीको हितमा मनसुन सुरु, मोदीद्वारा भारत भ्रमणको निम्तो

७ पुष २०७४, शुक्रबार ०१:३४ मा प्रकाशित

काठमाडौँ, ७ पुस । अन्तत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनमा सफलता प्राप्त गरेकामा बधाई दिँदै भारत भ्रमणको निम्तो दिएर गठन हुने क्रममा रहेको ओली नेतृत्वको सरकारलाई दक्षिण दाइना भएको संकेत गरेका छन् ।

बिहीबार अपराह्न एमाले अध्यक्ष ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी हालै सम्पन्न निर्वाचनमा वाम गठबन्धनले ठूलो सफलता प्राप्त गरेकामा खुशी व्यक्त गर्दै बधाई दिएर दक्षिणी वायुको प्रभावमा छिटै ओली नेतृत्वको सरकार बनाउन आवस्यक मनसुन सुरु हुने साकारात्मक संकेत दिएका छन् । भारतीय प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री ओलीसमक्ष नेपालमा तीन वटै निर्वाचन सफलता साथ् सम्पन्न भएकोमा खुशी व्यक्त गरेको एमाले सचिव प्रदीपकुमार ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष ओलीलाई बधाई तथा शुभकामना दिँदै मोदीले यस सफलताले नेपालमा लोकतन्त्रलाई सुदृढ बनाएको तथा निर्वाचनमा हासिल परिणाम र गठबन्धनको जीतले नेपालमा राजनीतिक स्थायित्व कायम भई आर्थिक विकास हुने विश्वास व्यक्त गरेको जनाइएको छ ।

भारतीय प्रधानमन्त्रीले सरकार गठनलगत्तै भारत भ्रमणका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा गर्दै आफू नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई लाई स्वागत गर्न आतुर रहेको र नयाँ सरकारसँग सहकार्य गर्न प्रतीक्षारत रहेको बताएका थिए ।

अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्रीलाई आफूलाई प्राप्त बधाई तथा शुभकामनाका लागि धन्यवाद दिँदै आफ्नो ध्यान राजनीतिक स्थायित्व, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक विकासमा केन्द्रित रहेको बताउनुभयो । टेलिफोन संवादमा अध्यक्ष ओलीले भने, ‘आफ्नो सरकार छिमेकीसँग सुसम्बन्ध कायम गर्न प्रतिवद्ध छ ।’

प्रतिनिधिसभामा नवनिर्वाचित सांसद ओलीले खासगरी भारत र चीनसँग शान्ति र समृद्धिका लागि सहकार्य गरिने बताउँदै भारतीय प्रधानमन्त्री मोदीलाई पनि नेपाल भ्रमणका लागि निमन्त्रणा समेत दिएका थिए । सरकार गठनलगत्तै नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणापत्र पठाइने ओलीले बताए । अध्यक्ष ओलीले गुजरातलगायत प्रान्तमा हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि भारतीय जनता पार्टीका नेता मोदीलाई पनि बधाई दिएका थिए । स्मरण रहोस यसै साता दक्षिणी वायुको सकारात्मक प्रभाव नपाए उत्तरी वायुको खोजी गर्न केरुङ्ग पुगेका ओलीलाई भारत समर्थक उपेन्द्र यादवको दलले निसर्त: सरकार बनाउन सघाउने बताए लगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष ओलीलाई निर्वाचनमा सफलता प्राप्त गरेकामा बधाई दिँदै ओली नेतृत्वको सरकारसंग सहकार्यको हात अघि बढाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेका लागि बोलाइएको

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । बिहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि वीर अस्पताल

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछिको अवस्थामा छिमेकी मुलुकले पनि चासो देखाउन थालेका छन् । नेपालमा भएको राजनीतिक