भारतीय काँग्रेसका लागि राहुल गान्धी अन्तिम आशा

५ पुष २०७४, बुधबार २३:३४ मा प्रकाशित

नयाँदिल्ली, ५ पुस । भारतीय काँग्रेसको नयाँ अध्यक्षको रूपमा केहीदिन अगाडि जिम्मेवारी सम्हाल्नु भएका राहुल गान्धीलाई पार्टी सुध्रिने अन्तिम आशाका रूपमा लिइएको छ ।

निर्वाचनमा अधिकांश ठाँउमा पराजित भएको काँग्रेसलाई उहाँले प्रभावकारी बनाउन सक्ने अपेक्षा गरिएको छ ।

यसअघि १९ वर्षसम्म पार्टीको अध्यक्ष भएकी सोनिया गान्धीले गत शनिबार ४७ वर्षीय आफ्नै छोरा राहुललाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । योसँगै काँग्रेसको नेतृत्व गान्धी परिवारको अर्को पुस्तामा पुगेको छ ।

सत्तारुढ दल भारतीय जनता पार्टीले भने राहुललाई इच्छाशक्ति नभएको र प्रभावहीन व्यक्तिका रूपमा चित्रित गरेको छ ।

“काँग्रेसले हालैको निर्वाचनमा पनि केही ठाँउमा आफ्नो प्रभाव गुमाउँदै गएको छ, त्यसलाई पुनर्जीवन दिनु उहाँको चुनौती हो,” प्राध्यापक रविन्द्र गुलातीले भन्नुभयो ।

यसअघि सन् २०१४ मा भएको आम निर्वाचनमा राहुलले पार्टीको तर्फबाट गरेको चुनावी प्रचार अभियान प्रभावकारी नभएको भन्दै आलोचना भएको थियो । राहुलले सन् २०१३ देखि पार्टीको उपाध्यक्ष भएर काम गर्दै आउनु भएकोमा अहिले अध्यक्ष बनाइएको हो ।

बेलायती साम्राज्यबाट भारतलाई मुक्त गराउने स्वतन्त्रता आन्दोलनका अगुवा जबाहरलाल नेहरू परिवारको अर्को पुस्तामा पार्टीको नेतृत्व सरेको छ । नेहरू परिवारले सन् १९४७ देखि भारतमा लामो समयसम्म शासन गरेको छ । सिन्ह्वा

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोना महामारीको नयाँ प्रकारले आक्रान्त बनेको भारतमा पछिल्लो केही दिनयता भने संक्रमितको संख्यामा केही कमी आएको छ

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोभिड–१९ सङ्क्रमणको दर बढ्दै जाँदा र धेरै

छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको गतिले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । भारतमा पछिल्लो २४ घण्टामा ४ लाख

इजरायलको एक धार्मिक समारोहमा भागदौड मच्चिंदा ३८ जनाको मृत्यु भएको छ । इजरायली अधिकारीहरुका अनुसार इजरायलको पुर्व पश्चिम क्षेत्र माउण्ट