राष्ट्रिसभाको अध्यादेश नयाँ सरकारपछि : अध्यक्ष ओली

५ पुष २०७४, बुधबार २३:२९ मा प्रकाशित

काठमाडौँ, ५ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्रपतिसमक्ष पेस गरेको राष्ट्रियसभासम्बन्धी अध्यादेश संविधानविपरीत भएकाले जारी हुन सम्भव नरहेको बताउनुभएको छ ।

वाम गठबन्धन, काठमाडौँद्वारा आज यहाँ आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बहुमतीय प्रणालीबाट राष्ट्रियसभा गठन हुने भनी संसदीय समितिबाट समेत पारित भइसकेको विधेयकलाई लत्याएर वर्तमान सरकारले आफूखुशी एकल संक्रमणीय प्रणालीको व्यवस्था गरी पेस गरेको अध्यादेश जारी हुन सम्भव नरहेको दाबी गर्नुभएको हो ।

“कुनै दल विशेषका लागि दुरुपयोग गर्ने माध्यम अध्यादेश हुन सक्दैन, निर्वाचनको ताजा जनादेशको परिणाम आइसकेपछि नयाँ सरकार गठन हुन्छ र नयाँ सरकारले उक्त अध्यादेश जारी गराउँछ”–अध्यक्ष ओलीले भन्नुभयो, “राष्ट्रियसभा नभई सरकार बन्दैन भन्ने भ्रम मात्र हो, कुनै कानुनी जटिलता छैन, जनताले अभिमत दिएर जटिलता फुकाइसकेको छ ।”

सरकारका प्रवक्ताले मंगलबार दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै अध्यक्ष ओलीले राष्ट्रपतिलाई विवादमा नतान्न आग्रह गर्नुभयो । अध्यक्ष ओलीले जनादेशबमोजिम मुलुकको स्थिरता र समृद्धि तथा वाम पार्टीबीचको एकतामा कुनै शंका नराख्न पनि आग्रह गर्नुभयो । उहाँले एमाले र माओवादी केन्द्रले एकले अर्काेलाई निल्ने नभई दुवैले दुवैलाई निलेर समाजवादउन्मुख तेस्रो नयाँ पार्टी बन्ने पनि स्पष्ट गर्नुभयो ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ सरकारले लोकतान्त्रिक संस्कारलाई उच्च महत्व दिने बताउँदै नेपाली काँग्रेसले सत्ता हस्तान्तरणमा ढिलाई गरेमा आगामी दिनमा उसलाई थप नोक्सानी हुने टिप्पणी गर्नुभयो । उहाँले एमाले र माओवादी केन्द्रबीचको एकता जनता र कार्यकर्ताबाट अनुमोदित भइसकेकाले अब एकीकृत कम्युनिष्ट आन्दोलन बन्ने उद्घोष गर्नुभयो ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले कम्युनिष्टहरुको बहुमत आइसकेकाले अब समृद्धिको यात्रामा कुनै अवरोध भयो भनेर सुख नपाइने बताउँदै निकट भविष्यमा आफूहरुको पार्टी एकता हुने जनाउनुभयो ।

कार्यक्रममा काठमाडौँमा जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित नेता नेपाल, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेललगायतलाई सम्मानित गरियो । गठबन्धनले यो जिल्लामा प्रतिनिधिसभाको १० मा छ र प्रदेशसभाको २० मा १६ स्थानमा विजय हासिल गरेको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामाको कुरा तत्काललाई टरेको बताएका छन्। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ ।

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही