नेकपा–माओवादी अध्यक्ष वैद्य आज चीन जाने

३१ असार २०६९, आईतवार ११:०१ मा प्रकाशित

काठमाडौ, ३१ असार । नवगठित नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ । वैद्य सहित ४ जनाको टोली राति साढे ११ बजे चीनको राजधानी बेइजिङ जाने प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । अध्यक्ष वैद्यको साथमा उहाँकी पत्नी सुष्मा र विदेश विभाग प्रमुख इन्द्रमोहन सिग्देल र उहाँकी पत्नी १० दिने भ्रमणका लागि त्यसतर्फ जान लाग्नुभएको हो । नयाँ पार्टीको अध्यक्ष भएपछि वैद्यको यो पहिलो विदेश भ्रमण हो । गत असार १६ गते नेपाल भ्रमणका आउनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री आई पिङको निमन्त्रणामा आफूहरु चीन जान लागेको सिग्देलले बताउनुभयो । पोलिटब्युरो सदस्य सिग्देलका अनुसार बेइजिङ बसाइको क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका विभिन्न तहका नेताहरुसँग भेटघाट तथा विभिन्न ठाउँको भ्रमण गर्ने कार्यक्रम तय भएको छ  ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई आजदेखि दोस्रो मात्रा खोप दिन सुरु गरेको छ । पहिलो चरणमा

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई