दक्षिणको छिमेकीलाई संदेश: एमाले अध्यक्ष ओली उत्तरी नाका रसुवागढीमा

५ पुष २०७४, बुधबार ००:१२ मा प्रकाशित

रसुवा, ४ पुस । वामपंथी गठबन्धनले प्राप्त गरेको जनादेश विरुद्ध दक्षिणको छिमेकीले वैकल्पिक समिकरणको गृहकार्य सुरु गरेको संकेत पाए लगत्तै नेकपा एमाले अध्यक्ष केपी ओलीले आज रसुवाको लाङटाङ र रसुवागढीको अवलोकन भ्रमण गरेका छन् ।

अध्यक्ष ओलीले उत्तरी नाक केरुङ्गको भ्रमण गर्दै दक्षिणको छिमेकीलाई नेपालको आन्तरिक मामलामा अनावस्यक चलखेल जारी राखिएमा उत्तरको छिमेकी चीनसंगको सहकार्यलाई अझै प्रभावकारी बनाउने संदेश दिदैं रसुवागढी–केरुङलाई नेपालको एकमात्र अन्तर्राष्ट्रिय मार्गको रुपमा विकास गर्ने संदेश दिएका छन ।

उनले भूकम्पबाट क्षतिग्रस्त लाङटाङ क्षेत्रको अवलोकनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे गाउँ कमिटीको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ सरकार चाँडै गठन हुने नयाँ सरकारले उत्तरी नाकालाई केन्द्रमा राख्ने बताए ।

अध्यक्ष ओलीले रसुवागढी–केरुङ अन्तर्राष्ट्रिय मार्गलाई व्यवस्थित गरिनुका साथै आउँदो चैत–वैशाखसम्ममा बेत्रावती–स्याँफ्रुवेंसी मार्ग सञ्चालनमा ल्याइने बताए । हाल त्यहाँ नेपाली सेनाले काम गरिरहेको छ ।

गल्छी–रसुवागढी राजमार्गलाई दुई लेनको बनाइने अध्यक्ष ओलीको भनाइ थियो । अध्यक्ष ओलीले भने, ‘अर्को मार्ग पनि चाँडै निर्माण गरिनेछ ।’

रसुवा भन्सार कार्यालयको व्यवस्थापन छिट्टै गरिने तथा रसुवागढी अन्तर्राष्ट्रिय नाका व्यवस्थित गरिने अध्यक्ष ओलीले बताउनुभयो । गोसाइँकुण्ड तीर्थस्थल, लाङटाङ पर्यटकीय क्षेत्रको संरक्षण गरिने ओलीको भनाइ थियो । उनले रसुवागढी भएर रेलमार्ग सञ्चालनमा ल्याइने बताए ।

सो अवसरमा टिमुरे गाउँ कमिटीका अध्यक्ष कामी नोर्वु तामाङले अध्यक्ष ओलीलाई मागपत्र पेश गरेका थिए ।

अध्यक्ष ओलीका साथमा एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, पार्टी स्थायी समिति सदस्य सुवास नेम्बाङ, शंकर पोखरेल, जनार्दन ढकाललगायत एमाले नेता रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकासहित विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठित व्यक्तिले अमेरिकी सरकारका अङ्गहरुमार्फत कोभिड–१९ को कहरले प्रभावित नेपाललाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस