‘ब्रेक्जिट’ पछिको योजना बनाउन वरिष्ठ मन्त्रीहरूसँग प्रधानमन्त्री मेको छलफल

४ पुष २०७४, मंगलवार ०१:२० मा प्रकाशित

लण्डन, बेलायत, ३ पुस (एपी) । बेलायती प्रधानमन्त्री टरिजा मेले बेलायतको यूरोपेली महासङ्घ (इयू) बाट हुने बहिर्गमनमा बेलायत कस्तो व्यापारिक नीतिकासाथ अघि बढ्ने भन्ने बिषयमा छलफल गर्न आफ्नो मन्त्रीमण्डलका वरिष्ठ मन्त्रीहरूसँग छलफल शुरु गर्नुभएको छ ।

प्रधानमन्त्री मेले सोमबार नै ब्रेक्जिटका बिषयमा छलफल गर्न एक शक्तिशाली समितिका सदस्यहरूसँग आगामी दिनमा बेलायतको इयूसँगको सम्बन्ध कस्तो रहने भन्ने बिषयमा पनि छलफल गर्नुहुने भएको छ । छलफल इयूको व्यापार नियमलाई पालना गरी इयू समूह राष्ट्रसँग निकट सम्बन्ध राखेर अघि बढ्ने कि यसभन्दा लचकता खोज्न बेलायतले विश्वसँग आफ्नै प्रकारको व्यापार सम्झौता गरेर अघि बढ्ने बिषयमा केन्द्रित हुने बताइएको छ ।

सोमबार नै अर्को एक छलफलमा संसदबाटै बेलायतले इयूबाट सन् २०१९ को मार्चमा छुट्टिएपछिको दुई बर्षे सङ्क्रमणकालका लागि खाका तयार गर्ने छलफलमा सहभागी हुनुहुनेछ ।

सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री मेले सङ्क्रमणकालमा यूरोपेली बजारबारे बेलायतले वर्तमान् नीतिलाई नै निरन्तरता दिने विचार प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा भ्रष्टाचार विरोधी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई अज्ञात ठाउँमा लगिएको छ । उनलाई

एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई जनाको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले