राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश पारित भएपछि मात्र प्रधानमन्त्रीको राजीनामा: नेता पौडेल

४ पुष २०७४, मंगलवार ०१:१० मा प्रकाशित

दमौली, तनहुँ, ३ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा पराजित भए पनि आफू कति पनि विचलित नभएको बताउनुभएको छ । 

व्यास नपा–१० को खहरेमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो –“निर्वाचनमा हारजीत हुनु स्वाभाविक प्रक्रिया हो, आफू पराजित भए पनि कति पनि विचलित भएको छैन्, जनताको सुख–दुःखमा सधैँ साथ दिइरहनेछु ।”

वरिष्ठ नेता पौडेलले संसद्ले पूर्णता नपाएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा गर्ने कुरै आउँदैन भन्दै “राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश पारित भएपछि हामी जुनसुकै बेला सरकार छोडिहाल्छौँ”, बताउनुभयो ।

मुलुकको लथालिङ्ग अवस्थालाई छोडेर प्रधानमन्त्रीले राजीनामा गर्न नमिल्ने बताउँदै उहाँले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न काँग्रेस आतुरसमेत रहेको धारणा व्यक्त गर्नुभयो ।

वरिष्ठ नेता पौडेलले स्थानीय तहको निर्वाचन सम्पन्न गरी गाउँ–गाउँमा सिंहदरबार पु¥याएको उल्लेख गर्दै अब जिल्लाकै विकासमा आफू जनप्रतिनिधिसँग हातेमालो गर्दै लागिरहने बताउनुभयो ।

निर्वाचनमा पराजित भए पनि मतदातालाई धन्यवाद दिन नेता पौडेल अहिले उनीहरुको घरदैलोमा पुगिरहेको छ । यसैक्रममा बैरेनी, व्यास–७ को कलेस्ती, व्यासको छापथोक, वडा नं ८ को कोटथोक, व्यास–९ को बेलभञ्ज्याङ, कात्तिकेचौर, दलभञ्ज्याङ, तारुका, गैह्रीसरा, माझथर, पुलिमर्यांग लगायतका मतदातासँग भेटी सहयोग पु¥याएको भन्दै नेता पौडेलले उनीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ:  प्रधानमन्त्री केपी शर्मा ओलीले  आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने  पुष्टयाइँका लागि सोमबार प्रतिनिधिसभाको अधिवेशन बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ: नेकपा(एमाले)को विवाद मिलाउन आज नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीका तर्फबाट नेताहरु सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले

काठमाडौँ: नेकपा (एमाले) संघीय संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवम् नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीलाई

काठमाडौँ: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मजबुत पार्दै अघि बढ्ने कार्यमा सबैलाई सरिक हुन आग्रह गर्नुभएको छ