एकीकृत माओवादीको केन्द्रीय समिति बैठक आज सकिने

३१ असार २०६९, आईतवार १०:५८ मा प्रकाशित

काठमाडौ, ३१ असार । एकीकृत माओवादीको केन्द्रीय समितिको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जन गर्ने सुझाव एकीकृत गर्दै आज सकिने भएको छ । विहान ११ बजेपछि पार्टी कार्यालय कोटेश्वरमा सुरु हुने बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरुले अध्यक्षको प्रतिवेदनको बारेमा आआफ्नो धारणा राख्ने भएका छन् । अध्यक्ष प्रचण्डको दस्तावेज अधुरो रहेकोभन्दै पोलिटव्युरो सदस्य राम कार्की, स्वनाम साथी तथा केन्द्रीय सदस्य रामरिजन यादवले असन्तुष्ट समूहको नेतृत्व गर्दै छुट्टाछुट्टै फरक प्रस्ताव बुझाउनु भएको छ । एकीकृत माओवादीको विस्तारित बैठक भोलिदेखि राजधानीमा सुरु हुने भएकोले आज केन्द्रीय समितिको बैठक सक्ने तयारी भएको माओवादीले जनाएको छ । अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा पेस गरेको राजनीतिक प्रस्तावमा पार्टी नेतृत्वमा शक्ति केन्द्रिकृत गर्ने र पार्टी अन्तरसङ्घर्षमा कडाई गर्ने उल्लेख गरेपछि केही नेताहरुले असहमति जनाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमाले(नेकपा)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने