‘क्लब’का कारण सम्बन्ध विच्छेद हुनथालेपछि परिवार चिन्तित

३१ असार २०६९, आईतवार ०९:४१ मा प्रकाशित

काठमाडौं, ३१ असार । रेडियो तथा टेलिभिजनका श्रोताहरूको प्रतिनिधिमूलक संस्था लिस्नर्स क्लब नेपालका नाममा अवैध यौन धन्दा चलेको सुइको पाएपछि प्रहरीले यसको सुक्ष्म अध्ययन गर्न थालेको बुझिएको छ । राजधानीका फुर्सदिला धनाढ्य महिला र पुषहरुले समय बिताउनको लागि घरमा बसेर रेडियो–टेलिभिजन सुन्ने र साथी बनाउने क्रमस“गै उनीहरुस“ग यौन धन्दा नै चलाउन थालेको बताइन्छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दिनप्रतिदिन श्रीमान्–श्रीमती सम्बन्ध विच्छेद गर्ने क्रम बढ्दै जा“दा त्यसको प्रभाव लिस्नर्स क्लबमा पनि पर्न थालेको छ । संगठित रुपमा रहेका क्लबका सदस्यहरु नै यौन धन्दामा संलग्न भएपछि श्रीमान–श्रीमती, छोरा–छोरीमाथि अभिभावकले निगरानी गर्नुपर्ने समाजविज्ञहरु बताउ“छन् । रेडियो–टेलिभिजनमा फोन गर्ने, साथी बनाउने र नजिक हुने अनि घरमै श्रीमतीले ‘भुसतिघ्रे’ ल्याएर श्रीमानको अगाडि साथी भनेर चिनाउने, त्यस्तै श्रीमान्ले अधवैंशे महिलालाई घरमै ल्याएर श्रीमतीको अगाडि साथी भनेर चिनाउने, रात–दिन बाहिर समय बिताउने हुन थालेपछि भा“डभैलो हुन थालेको छ ।
सूत्रका अनुसार भर्खरै क्लबमा आवद्ध व्यक्ति सम्बन्धविच्छेदका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेपछि यी सवै कुराको पर्दाफास भएको हो । साउन महिनाको अन्तिम साता हुन लागेको साधारणसभामा यही अवैध धन्दाको पर्दाफास हुने र भांडभैलो हुने एक सदस्यले दाबी गरेका छन् । सञ्चारमाध्यमसंग सहकार्य गर्दै सामाजिक जनचेतनामूलक कार्यक्रमहरू गर्ने उद्देश्यका साथ ०६२ सालमा क्लब गठित भएपनि पछिल्लो समयमा उनीहरु व्यक्तिगत मनोरञ्जनतिर लागेको आरोप लाग्ने गरेको छ । क्लबले सामाजिक कार्यमा पनि हात नहालेको भने होइन, तर सीमित व्यक्तिको स्वार्थका कारण क्लव धराशायी हुन थालेको बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा एउटा विषयले निकै चर्चा पाइरहेको छ । नपाओस् पनि किन, बलात्कारको घटना छ । त्यसमा

काठमाडौं । भारतले नेपाललाई १.७ लाख टन युरिया र डायमोनियम फोस्फेट (डीएपी) मल सहयोग गर्ने भएको छ । टाइम्स अफ

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ । विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले यहाँ