समानुपातिकतर्फ एमालेको अग्रता कायमै, काँग्रेस दोश्रो

२९ मंसिर २०७४, शुक्रबार २३:४७ मा प्रकाशित

काठमाडौँ, २९ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले)को अग्रता कायमै छ ।

निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार एमाले ३१ लाख २३ हजार ९५० मतका साथ पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ३० लाख ५९ हजार ५५४ मत प्राप्त गरेको छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) १२ लाख ७३ हजार ३४३ मतसहित तेस्रो स्थानमा छ भने चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले चार लाख ५८ हजार ६२१ मत पाएको छ ।

त्यसैगरी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चार लाख ४६ हजार ७८९, विवेकशील साझाले दुई लाख ११ हजार ४६४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक लाख ९३ हजार ८६१, राप्रपा (प्रजातान्त्रिक) ले ८७ हजार ४६९, नयाँ शक्ति पार्टी नेपालले ८० हजार ६८० र राष्ट्रिय जनमोर्चाले ६२ हजार ४४ मत ल्याएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

काठमाडौं । विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जु¥यो ।