उच्च अदालतका न्यायाधीशविरुद्धको सुनुवाइ पुस ६ मा

२८ मंसिर २०७४, बिहीबार २३:३९ मा प्रकाशित

काठमाडौँ, २८ मंसिर । सर्वोच्च अदालतले उच्च अदालतका ८० न्यायाधीशको नियुक्तिसम्बन्धी विवादको सुनुवाइ हेर्दाहेर्दैमा आगामी पुस ६ गते तोकेको छ ।

न्यायाधीश ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासमा आज सुनुवाइका लागि समय नभ्याइएको हुँदा हेर्दाहेर्दैमा राखिएको हो । यसअघि यही मंसिर १४ गते सुनुवाइ नसकिएपछि आजका लागि निर्णय सुनाउने दिन तोकिएको थियो ।

गत वर्ष पुस २९ गते राति उच्च अदालतका न्यायाधीशको नियुक्ति गर्दा प्रक्रिया नपुर्याई दलगत स्वार्थका आधारमा गरिएको जिकिर गर्दै सरकारी वकिल कार्यालयका नायब महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेल, अधिवक्ता डिलहरि शर्मा, प्रकाशकुमार काफ्ले, सुरेन्द्रप्रसाद यादव र तोयानाथ ढुंगानाले रिट निवेदन दायर गर्नुभएको थियो ।

न्यायपरिषद्का तत्कालीन दुई सदस्य वैद्यनाथ उपाध्याय र रामप्रसाद सिटौलाको अनुपस्थितिमै न्यायाधीशका लागि नाम सिफारिश भएको थियो । तत्कालीन परिषद् अध्यक्ष प्रधानन्यायाधीश सुशीला कार्की तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायक र परिषद् सदस्य पदमप्रसाद वैदिक मात्र बैठकमा उपस्थित भएको हस्ताक्षर थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट