भोलीदेखि नेपाल टेलिकमको नेपालभर लोकल कल

३१ असार २०६९, आईतवार ०९:३१ मा प्रकाशित

काठमाडौं, ३१ असार । दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले एसटिडी नभएको ल्यान्डलाइनबाट पनि अर्को अञ्चलको मोबाइलमा कल गर्न सक्ने व्यवस्था गर्न लागेको छ । हालसम्म अर्को अञ्चलको मोबाइलमा फोन गर्न एसटिडी सुविधा हुनैपर्ने बाध्यता थियो भोली साउन १ गतेदेखि लोकल कलको सुविधा मात्र भएको फोनबाट देशभरि मोबाइलमा कल गर्न सकिन्छ । एउटा अञ्चलमा लिएको मोबाइल अर्कै अञ्चलमा पुगेर प्रयोगमा भइरहेकाले एसटिडी हुनैपर्ने प्रावधान अव्यावहारिक ठान्दै हटाउन लागिएको टेलिकम प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले जानकारी दिए । लोकल कल सुविधा मात्र रहेका ल्यान्डलाइनबाट दिन लागेको यो सुविधा जिएसएम र सिडिएमए दुवै फोनका लागि भएको पनि उनले जनाए । एसटिडी नभएको फोनबाट अर्को अञ्चलमा फोन गर्न मिल्ने हो भने कल संख्या र समयसमेत बढ्ने अपेक्षा टेलिकमको छ । साउन १ देखि लागू हुने नयां व्यवस्थाबाट ग्राहकलाई सुविधा मिल्नुका साथै टेलिकमको आर्थिक पक्ष पनि राम्रो हुने टेलिकम व्यवस्थापनको विश्लेषण छ ।
विराटनगर वा नेपालगन्जमा रहेका टेलिकमका मोबाइल ग्राहक काठमाडौं आउंदा यहां स्थानीय कलमात्र भएको ल्यान्डलाइनबाट कल हुन सक्दैनथ्यो । अबदेखि स्थानीय कलको सुविधा मात्र भएको ल्यान्डलाइबाट पनि देशभरि जहांसुकैका मोबाइलमा सिधै कल गर्न मिल्नेछ । टेलिकमले अहिले मोबाइलमा मेचीदेखि महाकालीसम्म जहां कल गरे पनि पोस्टपेडमा मिनेटको एक रुपैयां र प्रिपेडमा डेढ रुपैयां मात्र लिने एकल महसुल दर लगाएको छ । तर, ल्यान्डलाइनमा भने लोकल, ‘क’ वर्ग र ‘ख’ वर्ग गरी तीन प्रकारको महसुल छ । यस्तो तीन वर्ग हटाएर भविष्यमा देशभरि एउटै लोकल दर लगाउनेतर्फ पनि टेलिकमले अध्ययन गरिरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द

काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आज जारी

तनहुँको बन्दीपुर गाउँपालिकाको संस्थागत स्वमूल्याङ्कन नतिजा सार्वजनिक भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको संस्थागत क्षमता