लविङकालागी ज्ञानेन्द्र यूरोप भ्रमणमा जाने

३० असार २०६९, शनिबार १९:३१ मा प्रकाशित

शशी कोइराला । काठमाडौ, ३० असार । पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाह राजनीतिक लविङकोलागी लामो यूरोप भ्रमणमा जाने भएका छन् ।
आगामि सोमबार बेलुका साढे सात बजे कतार एयरवेजको विमानबाट उनी फ्रान्स उड्ने आज निर्मल निवासबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
उनी झण्डै एक महिना फ्रान्स सहित बेलायत, डेनमार्क, नर्बे सहितका नेपालमा प्रभाव भएका र राजतन्त्र भएका मुलुकको भ्रमणमा ब्यस्त रहने स्रोतले जनाएको छ ।
उनले यूरोपमा रहँदा नेपालको पछिल्लो राजनीतिक अवस्था र राजतन्त्रको आवश्यकताको विषयमा लविङ गर्ने छन् ।
स्रोतका अनुसार नेपालको जातीय आन्दोलनमा यूरोपेली यूनियनको महत्वपूर्ण भूमिकालाई महसुस गरेका ज्ञानेन्द्रले यूरोपमा आफ्नो पक्षमा लविङ गर्न भ्रमण गर्न लागेका हुन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ । शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन

काठमाडौं । जसपा नेता डा. बाबुराम भट्टराईले पाँच ‘स’को सपना देखेर एकीकृत माओवादी त्यागेको ६  वर्ष पूरा भएको छ । संविधान

काठमाडौं । यदि संसद् सचिवालयमा कार्यरत एक महिलासँग अन्तरंग सम्बन्ध जोडिएको घटना सार्वजनिक नभएको कृष्णबहादुर महराले अहिले माओवादी केन्द्रमा ठूलै

काठमाडौं ।सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारका लागि नयाँ मन्त्री नियुक्त गर्नुअघि राजनीतिक दलसम्बन्धी अध्यादेशबारे निर्णय गर्नुपर्ने सहमति भएको छ ।