राष्ट्रपति ट्रंप आफ्ना नागरिकलाई मंगल ग्रह भन्दा पहिले चन्द्रमा पुर्याउन चाहन्छन

२७ मंसिर २०७४, बुधबार ०२:२१ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लसएन्जलस, २७ मंसिर । राष्ट्रपति डोनाल्ड ट्रंपले नयाँ अमेरिकी अन्तरिक्ष नीतिमा हस्ताक्षर गर्दै अमेरिकी नागरिकलाई मंगल ग्रह भन्दा पहिले चन्द्रमा पुर्याउन निर्देशन दिएका छन् । दशकौ देखि अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले चन्द्रमाको यात्रा स्थगित गरेको थियो । तर राष्ट्रपति ट्रंपको पछिल्लो निर्देशन संगै अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्रले चन्द्रमा तर्फको मानव यात्रा केन्द्रित गर्नेछ । व्हाइट हाउसमा संबोधन गर्दै राष्ट्रपति ट्रंपले भने, ‘मैले हस्ताक्षर गरेको नयाँ अमेरिकी अन्तरिक्ष नीतिले अमेरिकी नागरिकलाई मंगल ग्रह भन्दा पहिले चन्द्रमा पुर्याउन जोड दिनेछ ।’

ट्रंपको पछिल्लो निर्देशनले १९७२ पछि पहिलो पल्ट चन्द्रमाको अन्तरिक्ष यात्रा र खोजीलाई निरन्तरता दिने भएको छ जसलाई अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्रको क्षेत्रमा महत्वपूर्ण कदम मानिएको छ । यस अघि अपोलो मिशन मार्फत १९६० र १९७० को दशकमा अमेरिकी अन्तरिक्ष यात्रीले चन्द्रमाको यात्रा गरेका । व्हाइट हाउसमा नयाँ अमेरिकी अन्तरिक्ष नीतिमा हस्ताक्षर गर्दै राष्ट्रपति ट्रंपले भने
‘यस पटक अमेरिकी झन्डा फहराउने मात्र काम हुने छैन, यस पटकको अमेरिकी अन्तरिक्ष यात्रामा चन्द्रमाको यात्रा संगै मंगल ग्रह भविष्यमा अन्य अन्तरिक्षको अध्ययन र खोजीका लागि समेत ध्यान केन्द्रित गर्नेछौ ।

स्मरण रहोस २१ जुलाई. १९६९ मा अमेरिकी अन्तरिक्ष यात्री नील आर्मस्ट्रांगले चन्द्रमामा पहिलो मानव पाइला राखेका थिए । अमेरिकी अन्तरिक्ष परिषदको प्रमुख राष्ट्रपति ट्रंपले पुन: अन्तरिक्षमा अमेरिकी खोजि र अनुसन्धान सुरु गर्ने नयाँ अन्तरिक्ष नीति र निर्देशनले अमेरिका पुन: अन्तरिक्षमा अमेरिकी नेतृत्व स्थापित गर्ने योजना संगै अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा नयाँ आयाम थपिएको विश्लेषण गरिदै छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक