हार्भर्डका नेपाली विद्यार्थीमाझ महावाणिज्यदूत मरासिनी, सिकेको ज्ञान नेपालको निर्माणमा लगाउन आब्हान

२७ मंसिर २०७४, बुधबार ०१:०२ मा प्रकाशित

बोस्टन । महावाणिज्यदूताबासका महावाणिज्यदूत मधुकुमार मरासिनीले हार्भर्ड विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई सिकेको ज्ञान, क्षमता र प्रविधि नयाँ नेपालको निर्माणका लागि लगाउन आब्हान गर्नुभएको छ । अमेरिकाको बोष्टनमा रहेको विश्वचर्चित हार्भर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रममा बोल्दै महावाणिज्यदूत मरासिनीले नेपाली जनताको लामो समयदेखिको सपनाको रुपमा रहेको नयाँ नेपाल निर्माण अभियानमा सहभागी हुन आब्हान गर्नुभयो ।

महावाणिज्यदूतावास न्युयोर्क र हार्भर्ड विश्वविद्यालयमा बोष्टनमा अध्ययनरत नेपाली विद्यार्थीहरुबीच संयुक्त भेटघाट र अन्तरकृया कार्यक्रम गरिएको थियो । कार्यक्रममा मरासिनीले नेपालको ताजा राजनीतिक विकाशक्रम र नेपाली अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी दिनुभएको थियो । नेपालमा भर्खर सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावले देशको आर्थिक विकाश र राजनीतिक स्थीरताका लागि मार्ग प्रसस्त गरेको मरासिनीले बताउनुभयो ।

हार्भर्ड जस्तो विश्वविद्यालयमा नेपाली विद्यार्थीहरुले हासिल गरेको ज्ञान, सिप र दक्षताको उपयोग गर्न सकेमा नेपाललाई धेरै फाइदा पुग्ने र श्रम तथा पूजीमात्र नभई नयाँ नयाँ विचार, आविश्कारले पनि आर्थिक विकाशमा महत्वपूर्ण भूमिका खेल्नसक्ने मरासिनीको भनाई थियो । नेपालमा बढ्दो युवा बेरोजगारी रहेको अवस्थामा जागिरको सृजना हुनेगरी नेपालमा उपलब्ध अवशरको सदुपयोग गर्दै आफ्नो दक्षता र ज्ञान लगाएर सृजनात्मक कामको सुरुवात गर्न मरासिनीले नेपाली विद्यार्थीहरुलाई आब्हान गर्नुभयो ।

विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै हार्भर्डमा अध्ययनरत नेपाली विद्यार्थी रशिक अधिकारीले विद्यार्थीहरुसँगको सहभागिता र अन्तरकृया जारी राख्नका लागि नेपाली मिसन, नेपाल सरकार र निजी क्षेत्रलाई समेत आब्हान गर्नुभयो । कार्यक्रममा सहभागी विद्यार्थीहरुले ब्यापार र निर्यातको प्रवद्र्धन, विदेशी लगानी भित्राउन र नेपालको पर्यटन प्रवद्र्धनका लगायतका विषयमा नेपाल सरकारको नीतिबारे विभिन्न प्रश्नहरु राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपलाई अमेरिकाले स्वीकृति प्रदान गरेको छ । अमेरिकी नियामक निकाय एफडीएले खोपलाई सर्वासाधारणको

लस-एन्जलस । दक्षिण क्यालिफोर्नियालाई कर्मथलो बनाएर अमेरिकामा रहेको नेपाली समुदायको हितमा निरन्तर क्रियाशील अगुवा नेपाली अमेरिकन ज्ञानेन्द्र गुरुंगले गैर आवाशीय

डेन्भर । संयुक्तराज्य अमेरिकाको डेन्भरबाट हवाईतर्फ उडेको युनाइटेड एयरलाइन्सको विमानको एउटा इन्जिनमा उड्नासाथ आगो लागेपनि पाइलटहरुले सकुशल अवतरण गराएका छन्

न्यूयोर्क । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पूर्ववत स्थितिमा फर्किएको बताउनु भएको छ । महामारी, जलवायु परिवर्तन र इरानको परमाणु