स्वच्छ ऊर्जा प्रणालीबाट विद्युत् प्रवाह शुरु

२७ मंसिर २०७४, बुधबार ००:३० मा प्रकाशित

काठमाडौँ, २६ मंसिर । सिन्धुलीको हरिहरपुरगढी गाउँमा मुलुककै पहिलो वायु–सौर्य ऊर्जा प्रणाली स्थापना भएको छ । उक्त ऊर्जा केन्द्रबाट आजदैखि विद्युत् प्रवाह पनि थालिएको छ ।

त्यस अवसरमा जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमाले नेपालको ऊर्जा क्षेत्रमा निरन्तर सहयोग गरेकामा एडिबीप्रति आभार व्यक्त गर्दै दिगो विकासका लक्ष्य हासिल गर्ने नेपालको प्रयासमा नवीन एवं नवीकरणीय ऊर्जाको महत्वपूर्ण योगदान हुने बताउनुभयो ।

यहाँस्थित एडिबीका अनुसार बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले स्वच्छ, विश्वसनीय र खर्च गर्न सकिने स्वच्छ ऊर्जामा गाउँका जनताको पहुँच वृद्धि भएपछि स्थानीय आय वृद्धिका साथै बाह्य विश्वसँग उनीहरुको सम्पर्क स्थापना हुने बताउनुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले स्वच्छ ऊर्जाको उपयोगले ग्रामीण भेगमा आर्थिक गतिविधिमा बढोत्तरी हुने विश्वास व्यक्त गर्नुभयो ।

एशियाली विकास बैंक ९एडिबी०को दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग ९सासेक०अन्तर्गतको ऊर्जा प्रणाली विस्तार परियोजनामा एडिबीका साथै नेपाल सरकारले लगानी गरेको थियो । सूर्य र हावाबाट बिजुली उत्पादन गर्न उक्त परियोजनामा करिब रु एक अर्ब ६२ करोड लगानी भएको थियो । उक्त परियोजनाबाट दैनिक ११० किलोवाट बिजुली उत्पादन हुनेछ । उत्पादित बिजुली ८३ घरमा आपूर्ति भइरहेको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर