विवाह भोजमा आत्मघाती आक्रमण, सांसदको मृत्यु

३० असार २०६९, शनिबार १८:२५ मा प्रकाशित


मजार–इ–सरिफ (अफगानिस्तान), असार ३० – अफगानिस्तानको उत्तरी भागमा एक आत्मघाती बम आक्रमणकारीले एक सांसदको छोरीको विवाह भोजमा आक्रमण गरी यी सांसदका साथै अन्य १२ व्यक्तिको हत्या गरेको जानकारी अधिकारीहरुले दिएका छन् ।

यी आक्रमणारीले पूर्व लडाकू कमान्डर र हाल सांसद अहमद खानलाई विवाहमा आएका अन्य अतिथिका सामु अङ्गालो हाली आफ्नो कमरमा बाँधिएको बम विस्फोट गराएको सुरक्षा समूहका एक प्रवक्ताले बताए ।

समानगन प्रान्तको केन्द्र अयबाकमा आयोजित उक्त भोजमा भएको आक्रमणमा मृत्यु भएकामध्ये स्थानीय गुप्तचर प्रमुख पनि परेको बताइएको छ । उक्त भोजमा अन्य उच्चपदस्थ सरकारी कर्मचारी पनि उपस्थित भएको बताइएको छ ।

स्थानीय उज्वेक जातिका खानले अफगानिस्तानमा दशकौँसम्मको द्वन्द्वमा भाग लिनुभएको थियो । उक्त आक्रमणका लागि तत्कालै कसैले पनि जिम्मेवारी लिएको छैन ।

समानगनको केन्द्रीय अस्पतालका चिकित्सक मनसोर फयजले १३ व्यक्तिको शव अस्पताल ल्याइएको तथा ६० व्यक्ति घाइते भएको जानकारी दिए । उनले मृतकमा सांसद अहमद खान तथा समानगनका गुप्तचर प्रमुख पनि परेको उल्लेख गरे ।

सुरक्षा सूहका प्रवक्ता लाल मोहम्मद अहमाद्जाइले मर्नेको सङ्ख्या २२ रहेको बताए । उनले अन्य १०० भन्दा बढी घाइते भएको उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो

नयाँ दिल्ली । भारतको उत्तरी राज्य राजस्थानमा एक हिन्दु धर्मालम्बीको हत्यापछि उक्त क्षेत्रमा धार्मिक तनाव बढेको छ । पीडित कन्हैया