समानुपातिकतर्फ पनि एमालेको अग्रता

२६ मंसिर २०७४, मंगलवार ०५:२१ मा प्रकाशित

काठमाडौँ, २६ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले) अग्र स्थानमा छ ।

निर्वाचन आयोगको राति ९ बजेसम्मको मत परिणामअनुसार एमाले छ लाख ४५ हजार ९८५ मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याउँदै नेपाली काँग्रेसले छ लाख सात हजार ५६९ मत ल्याई दोस्रो स्थान हासिल गरेको छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) दुई लाख ७८ हजार २२६ मतसहित तेस्रो स्थानमा छ भने चौथो स्थानमा रहेको विवदेकशील साझा पार्टीले ३८ हजार ४३२ मत पाएको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३६ हजार ९७२, संघीय समाजवादी फोरमले ३५ हजार ९५८, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले २९ हजार १७५, नयाँ शक्ति पार्टी नेपालले २५ हजार २५७, राप्रपा (प्रजातान्त्रिक) ले १३ हजार ९४८ र राष्ट्रिय जनमोर्चाले १२ हजार ७८४ मत ल्याएको छ ।

समानुपातिकतर्फ एक करोड २२ लाख मत खसेको आयोगले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा ओली समूहको संसदीय दलको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा प्रधानमन्त्री तथा ओली

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलि आइतबारदेखि शुरु हुँदैछ ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम आज बस्ने भनिएको ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका

काठमाडौं । वर्तमान राजनीतिको किंग मेकर मानिएको नेपाली कांग्रेसले अझै प्रष्ट धारणा सार्वजनिक गरेको छैन । हिजो संसदीय दलको बैठकपछि