थप राजनीतिक सहमतिका लागि एक तृतीयांश बजेटः अर्थमन्त्री

३० असार २०६९, शनिबार १८:२३ मा प्रकाशित


काठमाडौ, ३० असार । अर्थमन्त्री वर्षमान पुनले राजनीतिक दलहरूबीचको सहकार्य एवम् संवादलाई अझ घनीभूत बनाउन तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्न सरकार बाहिर रहेका नेताहरूले भनेबमोजिम एक तृतीयांश बजेट प्रस्तुत गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । आर्थिक वर्ष २०६८÷६९ मा भएका आर्थिक गतिविधिको समीक्षात्मक विवरण आर्थिक सर्वेक्षण र सरकारी स्वामित्वमा रहेका ३७ वटा सार्वजनिक संस्थानसम्बन्धी प्रगति विवरण सार्वजनिक गर्दै उहाँले थप राजनीतिक सहमतिका लागि एक तृतीयांश बजेट ल्याउन लागेको बताउनुभयो । राजनीतिक दलहरूबीच मतभिन्नता बढ्दै जाँदा देशको अर्थतन्त्र मात्र नभई समग्र क्षेत्र नै प्रभावित हुने भएकाले दलीय सहमति एवम् सहकार्यको वातावरण निर्माण गर्न विपक्षी दलहरूले सहमति जनाएअनुसारको बजेट बनाइएको अर्थमन्त्रीले बताउनुभयो । मुलुकको अर्थव्यवस्थामा प्रतिकूल प्रभाव पर्न नदिन तथा विकास–निर्माणका आयोजनालाई निर्वाध सञ्चालन गर्न आंशिक वा तृतीयांश बजेट अपुग हुने भए पनि राजनीतिक मेलमिलापका निम्ति योगदान गर्नुको विकल्प नरहेको उहाँको भनाई थियो ।  पूर्ण आकारको बजेटको विपक्षमा रहेका दल तथा तिनका नेताहरूले राष्ट्रको आर्थिक उन्नतिका न्यूनतम साझा कार्यक्रममा सघाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर