महामन्त्री कोइराला ४ हजार मतान्तर सहित अत्याधिक मतले विजयी

२५ मंसिर २०७४, सोमबार ०७:५९ मा प्रकाशित

नवलपरासी, २५ मंसिर । मुलुकभरिको पछिल्लो निर्वाचन परिणाम अनुसार नेपाली काँग्रेसका शिर्ष नेताहरु पराजित भैरहेको खवर सार्वजनिक भैरहेका बेला नवलपरासी (बर्दघाट सुस्ता) पूर्व १ बाट नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला ३४ हजार ७८४ मत प्राप्तगरी अत्याधिक मतले विजयी भएका छन् ।

महामन्त्री कोइरालाले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३० हजार ५२३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम २ बाट नेपाली काँग्रेसका उम्मेदवार देवेन्द्रराज कण्डेलले ३४ हजार १३० मत प्राप्त गरी विजयी बनेका छन् ।

कंडेलका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका घनश्याम यादवले २३ हजार ८९८ मत प्राप्त गरेका छन् । कण्डेल यादवसँग १० हजार २३२ मतअन्तरले विजयी भएका हुन् ।

यसैबीच नवलपरासी (बर्दघाट सुस्ता) पूर्व २ बाट नेकपा (एमाले)का उम्मेदवार तिलक महतले ३९ हजार ५३ मत प्राप्त गरी विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विष्णु काकीले ३७ हजार ७२० मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले हिजो प्रतिगमनकारी कदमको विरुद्धमा रहेका शक्तिहरुको बीचको एकता नै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन र

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । शुक्रबार दिउँसो