नुवाकोटमा महत र केसी परिवारको राजनीतिक विरासत अन्त्य

२५ मंसिर २०७४, सोमबार ००:३३ मा प्रकाशित

नुवाकोट, २४ मंसिर । महत र केसी परिवारको राजनीतिक विरासत अन्त्य गर्दै नुवाकोटको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १, २ र चार वटा प्रदेशसभा क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

सम्पन्न भएको मतगणनाअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का नारायणप्रसाद खतिवडा ३६ हजार ८९२ मत ल्याएर विजयी भएका छन् । नेपाली काँग्रेसका अर्जुननरसिंह केसीले २६ हजार ३३५ मत प्राप्त गर्नुभयो । विजयी एमालेउम्मेदवार खतिवडाले १० हजार ५५७ मतान्तरमा विजयी भएका हुन् ।

यस्तै, प्रतिनिधिसभा सदस्य १ को प्रदेश (क) मा नेकपा (माओवादी केन्द्र)का राधिका तामाङले १८ हजार १३७ मत ल्याएर विजयी भएकी छिन् । नेपाली काँग्रेसका महेन्द्र थिङले १३ हजार ३६८ मत प्राप्त गरेको निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिए । यस्तै, प्रदेश (ख) तर्फ नेकपा एमालेका बद्री मैनाली २० हजार ५०९ मत ल्याएर विजयी भएका छन् । डा. रामशरण महतका भतिज एवं नेपाली काँग्रेसका उम्मेदवार रमेशकुमार महतले १२ हजार २१७ मत प्राप्त गरेर निकटतम प्रतिस्पर्धी बन्न सफल रहे ।

यस्तै, नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) मा नेकपा एमालेका केशवराज पाण्डेले २० हजार नौ मत ल्याएर विजयी भएका छन् । अर्जुन नरसिंह केसीका भाइ एवं नेपाली काँग्रेसका जगदिश्वरनरसिंह केसीले १२ हजार ७२९ मत प्राप्त गरन सफल भएका छन् ।

स्मरण रहोस नुवाकोटमा २०४७ को राजनीतिक परिवर्तन पछि महत र केसी परिवारको वर्चस्व रहँदै आएको र यो दुई परिवारका भाई भतिजा बाहेक नेपाली काँग्रेसका तर्फबाट अरुले स्थान र अवसर पाउने कल्पना समेत गर्नु पनि महत र केसी परिवारको नजरमा पाप ठानिदै आएको थियो ।

यस पटक महत र केसी परिवारको राजनीतिक विरासत अन्त्य गर्दै नुवाकोटको सम्पूर्ण क्षेत्रमा वाम उम्मेदवार विजयी हुनुले आगामी दिनमा जनताका छोरा छोरीले समेत निर्वाचनमा जित्न सक्तो रहेछन भन्ने नजिर स्थापित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ