काँग्रेसका वरिष्ठ नेता पौडेल पराजित, नेकपा (एमाले)का किसान विजयी

२५ मंसिर २०७४, सोमबार ००:०९ मा प्रकाशित

दमौली, तनहुँ, २४ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं १ बाट पराजित हुनुभएको छ । पौडेल छ हजार ८०२ मतान्तरले पराजित हुनुभएको छ । सो क्षेत्रबाट वाम गठबन्धनबाट नेकपा (एमाले) का कृष्णकुमार श्रेष्ठ (किसान) ३४ हजार ४९२ मत प्राप्त गरी विजयी हुनु भएको छ ।

काँग्रेसका वरिष्ठ नेता पौडेलले २७ हजार ६९० मत प्राप्त गर्नु भएको थियो । तनहुँबाट विसं २०४८, २०५१, २०५६, २०६४ र २०७० मा विजयी हुनुभएका पौडेल यसपटकको निर्वाचनमा भने भारी मतान्तरले पराजित हुनुभएको हो ।

सोही क्षेत्रको प्रदेशसभा क्षेत्र नं (क) मा वाम गठबन्धनबाट एमालेका रामबहादुर गुरुङ १८ हजार २६५ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गोविन्द भट्टराईले १६ हजार ८७८ मत पाउनुभएको थियो ।

प्रदेशसभा क्षेत्र (ख) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमानले १५ हजार ३६० मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रघुनाथ पौडैलले ११ हजार ८८१ मत प्राप्त गर्नुभएको थियो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत २४ घण्टामा नेपालमा ८२०३ जना कोरोना भाइरस संक्रमित भएका छन् । २०९७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा

काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच समझदारी भएपछि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो