फरार सूचीमा रहेका रेशम चौधरी मतगणनामा अगाडि

२३ मंसिर २०७४, शनिबार २३:५१ मा प्रकाशित

धनगढी, २३ मंसिर । कैलाली निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दिएका राजपाका रेशमलाल चौधरीले वाम र नेपाली काँग्रेसका उम्मेदवारलाई चकित पार्दै ठूलो मतान्तरले अग्रता लिइरहनुभएको छ ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका चौधरीले पाँच हजार ४१५ मत प्राप्त गर्दा एमालेकी गरिमा शाहले एक हजार तीन हजार ५९ र काँग्रेसकी ईश्वरी न्यौपानेले ९२१ मत पाउनुभएको छ । चौधरी दुई वर्षअघि भएको टीकापुर घटनाको आरोपमा प्रहरीको फरार सूचीमा रहनुभएको छ ।

उहाँले आफ्ना समर्थकमार्फत सामाजिक सञ्जाल र भिडियो क्लिपमार्फत चुनावी प्रचार गर्नुभएको थियो । यो क्षेत्रको प्रदेशसभा (क) र (ख) मा भने नेपाली काँग्रेसका प्रत्यासीले प्रारम्भिक मतगणनामा अग्रता लिइरहनुभएको छ ।

यता काँग्रेस नेत्री डा आरजु राणा देउवा उम्मेदवार रहेको कैलाली निर्वाचन क्षेत्र नं ५ को जारी मतगणनामा (एमाले)का उम्मेदवारले आफ्नो अग्रता कायम राख्नुभएको छ ।

आज साँझसम्म रानाले १३ हजार ८४१ मत पाउँदा काँग्रेसका डा आरजु राणा देउवाले १२ हजार ५९८ मतसहित रानालाई पछ्याइरहनु भएको छ । यो क्षेत्रमा खसेको कूल मतको आज साँझसम्म ५० प्रतिशत मतगणना भइसकेको छ । झण्डै ३० हजार मतको गणना गर्न अझै बाँकी रहेको छ ।

यो निर्वाचन क्षेत्रको प्रदेशसभा (क) मा वाम गठबन्धनका नेपालु चौधरी र प्रदेशसभा (ख) मा काँग्रेसका डिल्लीराज पन्त अगाडि रहनुभएको छ ।

कैलाली निर्वाचन क्षेत्र नं २ मा रोचक प्रतिष्पर्धा

यो क्षेत्रको प्रतिनिधिसभा सदस्यको मतगणनामा काँग्रेसका उम्मेदवार एवं पूर्वमन्त्री मोहनसिंह राठौर कुनै समयमा आफ्ना सहयोगी (पिए) रहनुभएका एमाले उम्मेदवार झपट रावलसँग प्रारम्भिक मतगणनामा पछि पर्नुभएको छ ।

हालै मात्र एमालेबाट काँग्रेस प्रवेश गरेर टिकट पाउनुभएका राठौरले ५४० मत पाउँदा एमाले उम्मेदवार रावलले राठौरलाई उछिन्दै एक हजार ७३ मत पाउनुभएको छ ।

निर्वाचन क्षेत्र नं ३ को पछिल्लो मतगणनामा (माओवादी केन्द्र)का गौरीशंकर चौधरीले पाँच हजार १६३ मत ल्याउँदा काँग्रेसका रामजनम चौधरीले चार हजार हजार १७१ मतले उहाँलाई पछ्याइरहनु भएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका यी दुवै जनाबीच कडा टक्कर रहेको छ ।

यो निर्वाचन क्षेत्रको प्रदेशसभातर्फ दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिनुभएको छ ।

यस्तै, निर्वाचन क्षेत्र नं ४ मा माओवादी केन्द्रका लेखराज भट्टले १० हजार ३९३ मत ल्याउँदा नेपाली काँग्रेसका सुनीलकुमार भण्डारीले छ हजार ४४६ मत प्राप्त गर्नुभएको छ ।

यो क्षेत्रका दुवै प्रदेशसभा सदस्य पदमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९