एमाले संसदीय निर्वाचनको पक्षमाः महासचिव पोखरेल

३० असार २०६९, शनिबार १८:११ मा प्रकाशित


काठमाडौ, ३० असार । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफ्नो पार्टी संविधानसभाको नयाँ निर्वाचन नभई संसदीय निर्वाचनको पक्षमा रहेको बताउनुभएको छ । नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं ५ ले आज काठमाण्डूको बसुन्धारामा गरेको कार्यक्रममा महासचिव पोखरेलले विघटित संविधानसभालाई ब्युँताएर वा पुनः अर्काे निर्वाचन गरेर पनि संविधानका विवादित विषयको टुङ्गो नलाग्ने दाबी गर्नुभयो ।  उहाँले यसअघिकै संविधानसभाले नयाँ संविधानका ८० प्रतिशत काम गरिसकेको र बाँकी कामलाई एक आयोग गठन गरी त्यसको सुझावका आधारमा संविधानको मस्यौदा तयार गरी नयाँ संसद्ले त्यसलाई पारित गराउनु नै उपयुक्त विकल्प भएको बताउनुभयो । महासचिव पोखरेलले राजनीतिक निकासका लागि संविधानका विवादित मुद्दामा सहमति, राष्ट्रिय सरकारको गठन र देशमा उत्पन्न कानुनी र राजनीतिक गाँठो फुकाउनु नै उत्तम भएको बताउनुभयो ।  उहाँले आफ्नो पार्टीका सबै कार्यकर्ता साझा पहिचानसहितको सङ्घीयताका पक्षमा रहेको जनाउँदै यस विषयमा पार्टीभित्र बाहिर चर्चामा आएजस्तो कुनै विवाद नभएको पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत