काँग्रेसलाई साथमा लिएर राष्ट्र निर्माणमा अघि बढ्छौँः नेता नेपाल

२३ मंसिर २०७४, शनिबार २३:४४ मा प्रकाशित

काठमाडौँ, २३ मंसिर । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले मुलुकमा संक्रमणकालीन समयको चाँडो अन्त्य भई अब देश नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि राष्ट्रिय सभागृहमा आज साँझ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले आफूहरुले नेपाली काँग्रेसलाई साथमा लिएर राष्ट्र निर्माणमा अगाडि बढ्ने प्रष्ट पार्नुभयो ।

काँग्रेसको चिन्तन पुरानो भइसकेको र जनताले परिवर्तन चाहेकाले वाम गठबन्धनप्रति उनीहरुको ठूलो विश्वास रहेको उहाँले बताउनुभयो । देश र जनतालाई समृद्ध बनाउन भौतिक पूर्वाधार, यातायात, पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिँदै युवा उद्यमशीलताका कार्यक्रममार्फत मुलुकमा रोजगार वृद्धि गर्न आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले मुलुकले खोजेको समृद्धिका लागि विकासका ठूला परियोजनामा स्वदेशी पूँजी परिचालन गरी स्वदेशी उत्पादन वृद्धि र रोजगारी सिर्जना हुने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकासहित विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठित व्यक्तिले अमेरिकी सरकारका अङ्गहरुमार्फत कोभिड–१९ को कहरले प्रभावित नेपाललाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस