बागलुङका सबै क्षेत्रमा वाम गठबन्धन विजयी

२३ मंसिर २०७४, शनिबार ०९:२९ मा प्रकाशित

बागलुङ, २३ मंसिर । प्रदेशसभा र प्रतिनिधिसभा सदस्यतर्फ जिल्लाका छ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा (एमाले)का सूर्यप्रसाद पाठकले नेपाली काँग्रेसका चम्पादेवी खड्कालाई पराजित गर्नुभएको छ । पाठकले ३३ हजार ६४५ र उहाँका निकटतम प्रतिद्वन्द्वी खड्काले २० हजार ६१६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेलले काँग्रेसका नीरज पुनलाई पराजित गर्नुभएको छ । पौडेलले २८ हजार ८२७ र पुनले १९ हजार ९०५ मत लिनुभएको छ ।
प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा (क) मा पनि एमालेका इन्द्रलाल सापकोटाले जित हासिल गर्नुभएको छ । एमालेका जिल्ला अध्यक्ष सापकोटाले काँग्रेसका जिल्ला सभापति दीपेन्द्रबहादुर थापालाई पराजित गर्नुभएको हो ।

सापकोटाले १७ हजार ९१५ र काँग्रेसका थापाले ११ हजार ९८९ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रदेशसभा २ मा वाम गठबन्धनबाट चुनाव लड्नुभएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले पूर्वसांसद काँग्रेसका प्रकाश शर्मा पौडेललाई पराजित गर्नुभएको छ । थापाले १५ हजार ६३६ र पौडेलले नौ हजार ९४ मत प्राप्त गर्नुभएको छ ।
यस्तै प्रतिनिधिसभा २, प्रदेशसभा (क) मा पनि माओवादी केन्द्रका चन्द्र बुढाले काँग्रेसका मञ्जेशबम मल्ललाई पराजित गर्नुभएको छ । बुढाले १७ हजार ४१५ र मल्लले ११ हजार ५४६ मत पाउनुभएको छ ।
प्रदेशसभा (ख) मा पनि वाम उम्मेदवार राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी हुनुभएको छ । घर्तीले ११ हजार ८८४ र उहाँका निकटतम प्रत्याशी काँग्रेसका जीत शेरचनले आठ हजार ६२४ मत प्राप्त गर्नुभएको छ ।
जिल्लामा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावी मैदानमा थिए भने काँग्रेसले एक्लै चुनाव लडेको थियो । विसं २०७० को चुनावमा जिल्लाका तीन वटै निर्वाचन क्षेत्र जितेको काँग्रेसले यस पालि आफ्नो विरासत जोगाउन सकेन । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली

काठमाडौं । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको