काठमाडौँ–४ मा काँग्रेसका गगन थापा र १ मा काँग्रेस नेता सिंह विजयी

२३ मंसिर २०७४, शनिबार ०९:२३ मा प्रकाशित

काठमाडौँ, २३ मंसिर । काठमाडौँ क्षेत्र नं ४ मा नेपाली काँग्रेसका नेता गगनकुमार थापा विजयी हुनुभएको छ । आज बिहान घोषणा गरिएको मतपरिणामअनुसार पूर्वसांसद थापा नेकपा(एमाले) का पूर्वसांसद डा राजन भट्टराईलाई तीन हजार ४१८ मत अन्तरले पछाडि पार्दै विजयी हुनुभएको हो ।

काठमाडौँ क्षेत्र नं ४ का सहायक निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेका अनुसार युवा नेता थापाले २१ हजार ५५८, डा भट्टराईले १८ हजार १४० र विवेकशील साझा पार्टीकी सुबुना बस्नेतले तीन हजार ४० मत प्राप्त गर्नुभएको छ ।

यसै गरि काठमाडौँ क्षेत्र नं १ मा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह विजयी हुनुभएको छ ।

आज बिहान २ बजे घोषणा भएको मतपरिणामअनुसार नेता सिंह आफ्ना निकटम प्रतिद्वन्द्वी विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रलाई ८१८ मतले पछाडि पार्दै विजयी हुनुभएको हो ।

काठमाडौँ क्षेत्र नं १ का सहायक निर्वाचन अधिकृत कृष्ण नेपालले काँग्रेस नेता सिंहले १० हजार ९३६, विवेकशील साझाका मिश्रले १० हजार ११८ र वाम गठबन्धनका अनिल शर्माले पाँच हजार ३३६ मत प्राप्त गर्नुभएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

पाल्पा । पाल्पामा कोरोना विरुद्धको खोप लगाएका तीनजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । कोरोना विरुद्धको पहिलो खोप लगाएपछि स्वास्यमा