‘मुलुकभर शान्तिपूर्ण रुपमा मतगणना भइरहेको छ’

२२ मंसिर २०७४, शुक्रबार २३:५४ मा प्रकाशित

काठमाडौँ, २२ मंसिर । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले मुलुकभर शान्तिपूर्ण रुपमा मतगणना भइरहेको बताउनुभएको छ।  मतगणनाको अवलोकनका लागि राष्ट्रिय सभागृह पुग्नुभएका आयुक्त पौडेलले सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन मतगणना देशरभर नै शान्तिपूर्ण रुपमा भइरहेको बताउनुभएको हो । “तारको जाली बाहिर दलका प्रतिनिधि, जालीभित्र मतगणना गर्ने व्यक्ति राखेर मतगणना धमाधम भइरहेको छ,”– उहाँले भन्नुभयो ।

आयुक्त पौडेलले मुलुकभर चार दिनभित्र प्रतिनिधिसभा र आठ दिनभित्र समानुपातिकतर्फको मतपरिणाम आउने गरी काम भइरहेको स्पष्ट पार्नुभयो । “मतगणनामा ढिला भयो भने विशेष व्यवस्था गर्नेछौँ,”– उहाँले भन्नुभयो ।

राष्ट्रिय सभागृहमा अहिले काठमाडौँ क्षेत्र नं १, २, ३ र ४ को मतगणना भइरहेको छ । प्रत्येक क्षेत्रको दुई-दुई स्थानमा मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली

काठमाडौं । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको