सरकारले मुलुकलाई गंभिर संकटमा फसायोः खनाल

३० असार २०६९, शनिबार १६:०९ मा प्रकाशित

सर्लाही, ३० असार । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सरकारले मुलुकलाई गम्भिर संवैधानिक संकटको स्थितिमा लगिरहेको आरोप लगाउनु भएको छ । मुलुकमा आर्थिक तथा राजनीतिक संकट रहेकै समयमा जेठ १४ बाट वर्तमान अधिनायकवादी सरकारले संवैधानिक संकट ल्याएको खनालले बताउनुभयो ।  प्रेस चौतारी नेपाल सर्लाहीले आज लालबन्दीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष खनालले मुलुकलाई मुठभेडको अवस्थाबाट शान्तिको अवस्थामा ल्याउन देशका लोकतान्त्रिक शक्तिहरु लागि परिरहेको बताउनुभयो । एमाले पार्टीका जनजाती नेताहरुले राखेको असन्तुष्टीका बारेमा पार्टीमा छलफल भैरहेको खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।