काँग्रेसले गुमायो मनाङ, प्रतिनिधिसभामा एमाले, प्रदेशसभामा मनाङ्गे विजयी

२२ मंसिर २०७४, शुक्रबार ०७:४७ मा प्रकाशित

मनाङ, २२ मंसिर । प्रत्यक निर्वाचनमा काँग्रेसको विजयी यात्रा सुरु गर्ने हिमालपारीको जिल्ला मनाङमा मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम यसपटक एमाले र उसको समर्थन रहेको उम्मेदवारको पोल्टामा परेको छ ।

प्रतिनिधिसभामा वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका पोल्देनछोपाङ गुरुङ निवार्चित भएका छन् । नेपाली कांग्रेस उम्मेदवार पूर्व राज्यमन्त्रीसमेत रहेका टेकबहादुर गुरुङलाई २ सय ८९ मतको एमाले उम्मेदवार छोपाङ निवार्चित भएका हुन् ।

विजयी छोपाङले २ हजार ३ सय मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी टेकबहादुरले २ हजार २१ मत प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । नेपालमै सबैभन्दा कम मतदाता ५ हजार ८ सय ८१ रहेको मनाङमा ४ हजार ३ सय ३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । खसेको मतमा ४ हजार ३ सय २१ मत सदर र १६ मत बदर भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

दमौली । कोभिड सङ्क्रमण पुष्टि भएपछि व्यास नगरपालिका–१ का एक पुरुषको दमौलीस्थित मिर्गौला उपचार केन्द्रमा डायलासिस गरिएको छ । व्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४