पहिलो चरण निर्वाचन सम्पन्न भएका जिल्लाहरुमा मतगणना प्रारम्भ

२१ मंसिर २०७४, बिहीबार २०:५३ मा प्रकाशित

काठमाडौँ, २१ मंसिर । मंसिर १० मा सम्पन्न पहिलो चरण निर्वाचनको मतगणना सुरु भएका समाचार विभिन्न जिल्लाबाट प्राप्त भएका छन् ।

संखुवासभा– दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै आज साँझ ५ः३० बजेदेखि यहाँको जिसस सभाहलमा शुरु गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिनुभयो ।

हलमा दुई भागमा मतगणना गर्ने गरी मतगणना स्थललाई तारजाली गरिएको छ । तारजालीभित्र गणकहरु र बाहिर दलका प्रतिनिधिहरुलाई राखिएको छ । मतगणना स्थलमा सिसि क्यामेरा समेत जडान गरिएको छ ।

धादिङ– यस जिल्लामा मतगणना आज साँझ ५ बजेदेखि शुरु भएको छ ।

यहाँ भिन्दाभिन्दै छ स्थानमा मतगणना सुरु गरिएको छ । तारजालीले घेरेर सुरक्षित बनाइएको मतगणना स्थलभित्र सुरक्षाकर्मी र कर्मचारीमात्र राखेर गणना गर्ने कार्य गरिएको मुख्य निर्वाचन अधिकृत उमेश कोइरालाले बताउनुभयो ।

धादिङको प्रतिनिधिसभा क्षेत्र नं १ मा एक लाख १८ हजार १५० मतदातामध्ये ७९ हजार ४२३ जनाले मत खसालेका थिए ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा एक लाख १५ हजार ३५५ मतदातामध्ये ७६ हजार ९५० जनाले मतदान गरेका थिए ।

लमजुङ– लमजुङमा पहिलो चरणमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको आज साँझ ५ बजेदेखि मत गणना शुरु गरिएको छ ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको लमजुङमा चार स्थानबाट मतगणना शुरु गरिएको छ । प्रतिनिधिसभाका लागि दुई समूह, प्रदेश सभा क र ख मा एक÷एक समूह बनाई मतगणना गरिँदै छ ।

मतगणनामा कर्मचारीसहित राजनीतिक दलका एक÷एक प्रतिनिधि रहने व्यवस्था मिलाइएको छ । मतगणना स्थलमा कर्मचारी, दलका आधिकारिक प्रतिनिधि र सञ्चारकर्मीबाहेक अन्यलाई प्रवेश निषेध गरिएको छ ।

लमजुङमा प्रतिनिधि सभा सदस्यका लागि ११ जना र दुई प्रदेशमा १४ जना उम्मेदवार चुनावी मैदानमा छन् । एक लाख १५ हजार ४४९ मतदाता रहेको यस जिल्लामा ७७ हजार तीनसय ४० मतदाताले मतदान गरेका थिए ।

सिन्धुपाल्चोक- जिल्लामा साँझ ५ बजेदेखि मतगणना सुरु भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिले दुई स्थानमा मतगणना शुरु भएको छ । निर्वाचनमा दुई लाख २६ हजार ५४० मतदातामध्ये एक लाख ५६ हजार ३१२ मत खसेको थियो । जिल्लामा प्रतिनिधिसभातर्फ क्षेत्र नंं १ मा १३ र २ मा नौ जना प्रतिष्पर्धामा हुनुहुन्छ ।
रसुवा– पहिलो चरणमा सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको मतगणना शुरु भएको छ ।

जिल्लामा कुल ३२ हजार ३३२ मतदातामध्ये २६ हजार ९४ मत खसेको थियो । जिल्लाबाट प्रतिनिधिसभातर्फ सात जना चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।
म्याग्दी– आज साँझदेखि मतगणना सुरु भएको छ ।

सदरमुकाम बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा साँझ ५ बजेदेखि मतगणना शुरु भएको हो । मतगणनाको निगरानी गर्न सिसी टिभी क्यामेरा जडान गरिएको छ ।
जिल्लामा ७५ हजार ५३७ मतदाता रहेकामा ४७ हजार ४४९ मत खसेको थियो । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

पाँचथर- पहिलो चरणअन्तर्गत यही मंसिर १० गते भएको निर्वाचनपछि आज साँझ ५ बजेदेखि मतगणना शुरु भएको छ ।

सदरमुकाम फिदिमस्थित जिससको सभाकक्षमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिले दुई ठाउँमा मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिनुभयो । जिल्लामा एक लाख २५ हजार २१९ मतदाता रहेकामा ७७ हजार ८०३ मत खसेको थियो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि ( बोका) चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर

काठमाडौं । पार्टी फुटको संघरमा पुगेपछि जनता समाजवादी पार्टीको दुवै पक्ष कार्यकारिणी समिति र संसदीय दलमा बहुमत देखाउन सक्रिय भएको