सरकारद्धारा आर्थिक सर्वेक्षण सार्वजनिक , आर्थिक बृद्धिदर साढे चार प्रतिसत

३० असार २०६९, शनिबार १५:५६ मा प्रकाशित


काठमाडौ, ३० असार । चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर साढे चार प्रतिशतमा सिमित रहेको छ । सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने अनुमान गरे पनि  ४ दशमलब ५६ प्रतिशत मात्र वृद्धिदर कायम हुने संसोधित अनुमान गरिएको छ । यो आर्थिक वृद्धिदर पनि तीन वर्षको उच्च हो । चालु आर्थिक वर्षमा कृषि उत्पादनमा वृद्धि र सेवा क्षेत्रको उत्पादनमा वृद्धि भएका कारण आर्थिव वृद्धिदरमा सुधार भएको अर्थ मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर जनाएको छ । तर पनि उर्जा संकट, वैंक कर्जा विस्तारमा सुस्तता, लम्बिँदो राजनीतिक संक्रमणका कारण औधोगिक उत्पादनमा अपेक्षाकृत वृद्धिदर हासिल हुन नसकेको मन्त्रालयको भनाई छ । सर्वेक्षण अनुसार कृषि क्षेत्रको उत्पादनमा गत आर्थिक वर्षको तुलनामा ४ दशमलब ९३ प्रतिशत र गैर कृषि क्षेत्रमा ४ दशमलब २७ प्रतिशत रहने अनुमान छ । नेपाली अर्थतन्त्रको संरचनामा क्रमश परिवर्तन आइरहेको र कुल गार्हस्थ उत्पादनमा कृषि र उद्योग क्षेत्रको योगदान घट्ने र सेवा क्षेत्रको योगदान बढिरहेको देखिएको छ । नेपालको व्यापार घाटा चालु आर्थिक वर्ष २२ दशमलब ८ प्रतिशत रहेको छ भने प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन ५७ हजार ७ सय २६ रुपैंया पुगेको छ । त्यसैगरि बाणिज्य बैंकहरुमा निक्षेप संकलनमा सुधार आएको छ भने मुद्रा प्रदायमा पनि १२ दशमलब २ प्रतिशतको वृद्धि भएको छ । चालु आर्थिक वर्षमा ७९ अर्ब ९० करोड रुपैंया शोधानान्तर बचत भएको छ भने विदेशी विनिमय संचितिमा पनि वृद्धि भएको छ । यो आर्थिक वर्षको फागुन महिनामा मुल्यवृद्धिदर ७ प्रतिशत मात्र रहेको सर्वेक्षणमा उल्लेख गरिएको छ । सन २०११ पर्यटकको संख्यामा २२ दशमलब १ प्रतिशतको सुधार भएको तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी गरिएको छ ।
सरकारले राजनीतिक सहमती पश्चात पुर्णता दिने गरि अध्यादेश मार्फत त्रितियांस बजेट ल्याउने भएको छ । आर्थिक सर्वेक्षण र सार्वजानिक संस्थानहरुको प्रगति विवरण समेटिएको वार्षिक स्थिती को समिक्षा कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले अहिलेनै पुर्ण बजेट ल्याउन सक्ने स्थिति नरहेको स्पष्ट पार्नुभएको हो । अर्थमन्त्रीले सार्वजनिक गर्नुभएको सार्वजनिक संस्थान प्रगति समीक्षामा २१ वटा सार्वजनिक संस्थानहरु खुद नाफामा रहेको र १४ संस्थान खुद घाटामा रहेको उल्लेख छ । सरकारले सार्वजनिक संस्थानहरुमा ९२ अर्ब १९ करोड १६ लाख शेयर लगानी गरेको छ भने ९५ अर्ब भन्दा बढि ऋण लगानी रहेको छ । सरकारले गरेको लगानीको आधारमा सरकारले ५ दशमलब ९६ प्रतिशत अर्थात ५ अर्ब ४९ करोड ७२ लाख मात्र लाभांश प्राप्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको