निर्वाचन अनुगमनका लागि उच्चस्तरीय अनुगमन टोली गठन

२० मंसिर २०७४, बुधबार २३:३१ मा प्रकाशित

काठमाडौँ, २० मंसिर । राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचन अनुगमन कार्यलाई थप प्रभावकारी र विश्वसनीय बनाउन आयोगका अध्यक्ष अनुपराज शर्माको नेतृत्वमा उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ ।

शर्माको नेतृत्वमा मानवअधिकारकर्मी, महिला अधिकारकर्मी, नागरिक समाज, कानून व्यवसायी संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्वस्थायी प्रतिनिधि संलग्न रहेको उच्चस्तरीय अनुगमन टोली गठन गरिएको हो ।

आयोगका प्रवक्ता मोहना अन्सारीका अनुसार टोलीले काठमाडौँ उपत्यकालगायत आवश्यकताअनुसार अन्य स्थानसमेतको अनुगमन गर्नेछ ।

आयोगले निर्वाचन सुरक्षा व्यवस्था तथा मानवअधिकारको उचित सम्मान र संरक्षणका लागि भएका प्रयासबारे आजै आयोग र सरकारका गृहसचिव तथा सुरक्षा निकायका प्रमुखबीच छलफल गरेकोे छ ।

छलफलमा आयोगका अध्यक्ष शर्माले निर्वाचनलाई शान्तिपूर्ण तथा मानवअधिकारमैत्री बनाउन सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने भन्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाउनका लागि समर्पित रहन सुरक्षा निकायका प्रमुखलाई आग्रह गर्नुभयो ।

उहाँले मतदाता सुरक्षा व्यवस्थाप्रति आश्वस्त हुनसके मात्र मतदान प्रक्रिया विश्वसनीय र सफल हुने बताउनुभयो ।

छलफलका क्रममा गृहसचिव मोहनकृष्ण सापकोटाले निर्वाचन सुरक्षा व्यवस्था मानवअधिकारको प्रत्याभूति हुने ढंगबाट गरिएको बताउनुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट

काठमाडौं । गत २४ घण्टामा ८९६० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २०२४५ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ८९६०