कैलालीमा एक करोडको जनता आवास कार्यक्रम

३० असार २०६९, शनिबार १०:३६ मा प्रकाशित

कैलाली, ३० असार । कैलालीमा यसै वर्षदेखि लागू भएको जनता आवास कार्यक्रम अन्तिम चरणमा पुगेको छ । विशेषगरी वादी समुदाय लक्षित कार्यक्रमको हालसम्म करीब ७० प्रतिशत काम सम्पन्न भइसकेको जनता आवास जिल्ला समन्वय समितिका सदस्य सचिव एवं धनगढीस्थित सहरी विकास तथा भवन विभागका ईन्जिनीयर अम्बादत्त जोशीले बताउनुभयो ।सरकारी सहुलियतमा बन्ने घरहरु कुन–कुन व्यक्तिहरुले पाउने भनेर वादी समुदायहरुबीच नै विवाद भएपछि गत माघ–फागुनमै सुरु हुनुपर्ने कार्यक्रम चैत–वैशाखदेखि मात्रै सुरु भएको थियो । घरहरुको फिनिसिङ र रङरोगनमा काम अन्तीम चरणमा पुगेको छ । सरकारले जनता आवास कार्यक्रममार्फत कैलालीका वादी समूदायहरुको पुनस्र्थापनाका लागि पक्की घरहरु बनाउन यस आर्थिक वर्ष  एक करोड बजेट विनियोजन गरेको थियो । यसमध्ये हालसम्म  ७० लाख खर्च भइसकेको छ । ५५ परिवारका बरण्डासहितका ३ कोठे पक्की घरहरु बनाउन कार्यक्रम लागु भएको हो । बजेट अभावले यस वर्ष जिल्लाभरका ५५ परिवार वादी समूदायहरुलाई मात्रै छनोट गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द