च्याउ खाँदा मकवानपुरमा दुई जना बिरामी

३० असार २०६९, शनिबार १०:३५ मा प्रकाशित

मकवानपुर, ३० असार । मकवानपुरको हेटौंडामा बजारबाट किनेर लगेको च्याउ खादा दुई जना बिरामी परेका छन् । बजारबाट किनेर पकाएको च्याउ खाँदा हेटौडा ४ का  ३२ वर्षकाा राजेन्द्र पाण्डे र २३ वर्षीया  सबिता पाण्डे बिरामी पर्नुभएको हो । दुबै जनाको हेटौंडा अस्पतालमा उपचार संभव नभएपछि  भरतपुर लगिएकोे जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
यसैबीच आफ्नै ९ वर्षकी छोरीलाई बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत मकवानपुरले २५ वर्षको कैद गर्ने फैसला सुनाएको छ । जिल्ला न्यायधिस टेकनारायण कँुवरको हिजो बसेको इजलासले हेटौंडा ४, कर्रामा बस्दै आएका ३७ वर्षीया भीमबहादुर सुवेदीलाई छोरीको बलात्कार र हाडनाता करणी गरेको ठहरसहित २५ वर्ष कैदको फैसला सुनाएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।