काँग्रेसले आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्नेलाई कारबाही गर्ने

२० मंसिर २०७४, बुधबार ००:२१ मा प्रकाशित

काठमाडौँ, १९ मंसिर । नेपाली काँग्रेसले मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्नेलाई कारबाही गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी पार्टीका नेता तथा कार्यकर्ताले पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको प्रमाणित भएमा काँग्रेसको विधानअनुसार साधारण सदस्यसमेत नरहने गरी स्वतः निष्कासन गर्ने जानकारी दिनुभयो ।

काँग्रेसले पार्टीका विभिन्न तहका कार्यसमितिले जिल्ला कार्यसमितिमार्फत पार्टीका आधिकारिक उम्मेदवारविरुद्धमा असहयोग गरेको पाइएमा यथाशीघ्र पार्टीको केन्द्रीय कार्यालयमा पठाउनसमेत निर्देशन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । पार्टी फुटको संघरमा पुगेपछि जनता समाजवादी पार्टीको दुवै पक्ष कार्यकारिणी समिति र संसदीय दलमा बहुमत देखाउन सक्रिय भएको

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा