राष्ट्रपति ट्रंपद्वारा मुस्लिम बहुल ६ देशका नागरिकमाथि लगाएको यात्रा प्रतिबन्ध सर्वोच्चद्वारा सदर

१९ मंसिर २०७४, मंगलवार १०:५९ मा प्रकाशित

सिसृक्षा ढकाल, लसएन्जलस, १९ मंसिर । राष्ट्रपति डोनाल्ड ट्रंपद्वारा मुस्लिम बहुल ६ देशका नागरिकमाथि लगाउने यात्रा प्रतिबन्ध सम्बन्धि निर्णयलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरेको छ ।

राष्ट्रपति ट्रम्पको मुस्लिम बहुल ६ देशका नागरिकमाथि लगाउने यात्रा प्रतिबन्ध सम्बन्धि निर्णयको समर्थन गर्दै अदालतले तत्कालै उक्त निर्णय  पूर्ण रूपले कार्यान्वयन गर्न निर्देशन समेत दिएको छ ।

यस मुद्दामा यस अघि राज्य तहका संघीय अदालतले राष्ट्रपति ट्रंपको निर्णय विरुद्ध फसैला दिएका थिए भने सरकार संघीय अदालतले दिएको फसैला विरुद्ध सर्वोच्च अदालत गएकोमा सर्वोच्च अदालतले सोमबार राष्ट्रपति ट्रंपको निर्णयको पक्षमा फैसला गर्दै कार्यान्वयनका लागि निर्देशन दिएको हो ।

ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी संहाले लगत्तै मुस्लिम बहुल देशबाट अमेरिकाको सुरक्षामा खतरा रहेको भन्दै चाड, इरान, लिबिया, सोमालिया, सिरिया र यमनमाथि यात्रा प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारि गरेका थिए । तर राष्ट्रपतिको निर्णय विरुद्ध संघीय अदालतहरुले फैसला गरेपछि यो निर्णय कार्यान्वयनमा आउन सकेको थिएन ।

सोमबार सर्वोच्च अदालतका नौ मध्ये सात न्यायाधीशले ट्रम्प प्रशासनले तल्लो अदालतले यात्रा प्रतिबन्ध लागू गर्न लगाएको प्रतिबन्ध हटाउन गरेको मागको पक्षमा मत दिएका छन् । सर्वोच्चले ट्रंप प्रशासनको निर्णय कार्यान्वयनको बाटो खुला गरे पनि अझै थप कानुनी चुनौती भने बाँकी नै रहेको बताइएको छ ।

संघीय अदालतका न्यायाधीशहरुले ट्रम्पको निर्णय धार्मिक रुपमा मुस्लिम समुदाय माथिको प्रतिबन्ध रहेको भन्दै कार्यान्वयनमा रोक लगाएका थिए ।

सोमबार सर्वोच्च अदालतको आदेशपछि मुस्लिम बाहुल्य ६ देशका नागरिक अमेरिका प्रवेश गर्न नपाउने भएका छन् ।

(तश्विर सौजन्य: एलेक्स वंग- गेट्टी इमेज)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने

काठमाडौं । कोरोना भाइरसको संक्रमण भएकी पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार आउन सकेको छैन। राजधानीको नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । २०७४ फागुन ३ गते एमाले नेतृत्वको

अमेरिकी राष्ट्रपति जो बाइडेनको नयाँ प्रशासनले वार्षिक रूपमा अमेरिका प्रवेश गर्न दिने आप्रवासीको सङ्ख्यालाई १५ हजारबाट बढाएर ६२ हजार पाँच