काँग्रेसको पक्षमा मतदान गर्न सभापति देउवाको आग्रह

१९ मंसिर २०७४, मंगलवार ०१:१५ मा प्रकाशित

काठमाडौँ, १८ मंसिर । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यही मंसिर २१ गते हुने निर्वाचनमा लोकतन्त्र, राजनीतिक स्थायित्व र सम्वृद्धिका लागि आफ्नो पार्टीको पक्षमा मददान गर्न अपिल गर्नुभएको छ ।

‘संविधान अन्तरर्गत कम्तीमा दुई वर्ष सरकारविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न मिल्दैन र त्यो प्रस्ताव तुहिएको एक वर्षसम्म फेरी अर्को प्रस्ताव ल्याउन मिल्दनै । त्यसैले, चुनावपछि नेपाली काँग्रेसले नै स्थिर सरकार बनाई लोकतन्त्रको रक्षा र देशको विकास गर्ने निश्चित छ’–सभापति देउवाद्वारा आज जारी विज्ञप्तीमा भनिएको छ ।

सभापति देउवाले यही यही मंसिर २१ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको अन्तिम चरणको चुनावले मुलुकमा लामो समयदेखि व्याप्त अन्योल, अस्थिरता र संक्रमणको अन्त्य हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत २४ घण्टामा नेपालमा ८२०३ जना कोरोना भाइरस संक्रमित भएका छन् । २०९७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा

तल्लो डोल्पा । तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिकाले एकै पटक तीनवटा मोवाइल टावर सञ्चालनमा ल्याएको छ । लामो समयदेखि सञ्चार

म्याग्दीको बेनी नगरपालिका–४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना सङ्क्रमणको केन्द्र बनेको छ । तातोपानी कुण्ड स्नानका लागि आएका

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै